युएईका ४५ संघ सस्थाले एकता नै बल हो भन्ने चरितार्थ गरे

२५६१औ बुद्ध जयन्ति भव्यताका साथ् सम्पन्न

प्रबासी अनलाईन – दुबई, युएई – युएईमा रहेका ४५ संघ सस्था र व्यवसायी हरुले संयुक्त रुपमा बुद्ध जयन्ति मनाएका छन ।
गत शुक्रबार आबुधाबिको मलायली हलमा आयोजना भएको बृहद जन्म जयन्ति कार्यक्रममा युएमा रहेका संघ सस्थाहरुले एकता नै बल हो भन्ने कुराको चरितार्थ गरेका हुन्। कार्यक्रम हलको क्षमता भन्दा धेरै दर्शक हरुलाई उपस्थती गराउन कार्यक्रम आयोजक समिति तथा कार्यक्रम संग सम्बद्ध सम्पूर्ण संघ सस्थाहरु सफल भएका हुन् ।
नेपाल आदिबासी जनजाती महासंघमा आवद्ध विभिन्न संघ सस्था हरुको संयुक्त झाकी बाट आरम्भ गरिएको कार्यक्रममा बौद्ध धर्म अनुसार पुजा पाठ गरिएको थियो । उक्त बृहद जन्म जयन्ति कार्यक्रम लाई युएईका लागि कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन, नेपाल एयरलाईनका बरिष्ट पाइलट क्याप्टेन विजय लामा लगायत आयोजक समितिमा आबद्ध संघ सस्थाहरुका प्रमुखले संयुक्त रुपमा दिप प्रज्वलन गरेर समुद्घाटन गरेका थिए ।
नेपाल आदिबासी जनजाती महासंघ युएइका अध्यक्ष डेर राज गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई मणि भुर्तेलले संचालन गरेका थिए । उक्त कार्यक्रममा क्याप्टेन विजय लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका उत्कृष्ट आकर्षण नेपालबाट आएका लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तानले बेजोड प्रस्तुति गरेका थिए । खुमनको लोक भाखाले सम्पूर्ण दर्शकलाइ खुलेर नाच्न बाध्य गराएको थियो भने रोज मोक्तानको सेलो अनि कलकत्ते काइयो केश मेरो .. बोलको गीतले त कार्यक्रम स्थललाइ एकपटक तताएको थियो । कोपिला गुरुङको उत्कृष्ट आवाज संगै उनको कम्मर मर्काइले सम्पूर्ण उपस्थित दर्शकलाइ मन्त्रमुग्ध बनाएको थियो ।
आशिष पुरुष, श्रीया भण्डारी , सनिल घिसिंग र विजया लक्ष्मी राईले संचालन गरेको सास्कृतिक कार्यक्रममा युएमा रहेका करिब १ दर्जन कलाकार हरुले उत्कृष्ट प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थती परोपकारी मन हरु द्वारा युएईमा रोजगारीको क्रममा दुर्घटनामा परि एउटा कृतिम खुट्टा लगाउन रकमको अभाबमा परेका एक नेपाली लाइ खुलेर सहयोग गरेका थिए ।
युएइमा पहिलो पटक यसरी जुटेर सहकार्य गरेर भव्यताका साथ् बुद्ध जयन्ति मनाउन सफल नेपाली संघ सस्था हरुलाई प्रबासी अनलाईनको तर्फ बाट बधाई तथा आगामी दिनहरुमा पनि यसरि सहकार्य हुन सकोस शुभकामना ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोला ।

Live Video part 1
Live Video Part 2

फोटो फिचर

One Response to "युएईका ४५ संघ सस्थाले एकता नै बल हो भन्ने चरितार्थ गरे"

  1. Surya man rai   May 17, 2017 at 7:01 am

    It was nice program but i want to tell something about the program hole organize member said to us they have including 1500 person was feat inside but it was not why ? People was standing out side and why not in of space there so if they organize next time same like a program should they have to think very well and organise as well and we have big program in UAE its first time I think so this moment should they have to provide drinking water for the audience as well thanks
    From
    Surya man rai
    Nepalese community UAE
    Center member

    Reply

Leave a Reply

Your email address will not be published.