साहित्य भनेको सागरहो:मत सिकारु मात्र हुँ चौहान

जगत लुईटेल, युएई – बि:सं २०४४ साल साऊन ७ गते ईलाम न:पा ५ मा माता मिना देवि पिता लाल बहादुर चौहानको कान्छो सन्तानका रुपमा जन्मेका सुनिल चौहानको बाल्यकाल ईलाममै बितेको थियो, महमाई प्राबी बाट औपचारीक शिक्षा प्रारम्भ गरेका चौहानले २०५९ सालमा श्री भगवति मा.बि ईलाम बाट एस.एल.सि उतिर्ण पछी ईलामकै महेन्द्र रत्न बहुमुखी क्याम्पस र झापाको मेचि क्याम्पस बाट स्नातक सम्मको अध्यायन पश्चात पढाई लाई निरन्तरता दिन सकेनन् ।
स्कुल पढ्दा देखिनै साहित्यमा रुचि भएको बताऊने चौहानको साहित्यको यात्रा नयाँ बर्ष साथै चाडपर्वमा साथीहरु लाई पोस्कार्डमा मुक्तक/सायरी लेखन बाट सुरु भएको हो ।उनको सम्झनामा लेखिएको पहिलो कविता सहिद दिबशमा स्कुलमा भएको कविता प्रतियोगीतामा कक्षा ५ मा पढ्दा लेखिएको कविता हो जुन उक्त प्रतियोगीताको प्रथम कविता भएको थियो । ऊक्त कविता:-
मध्ये १२ बजे एक्लो रातमा
एक्लो सहरमा
बासको खम्वा ठड्याई
गाड्यो खोलाको बगरमा
मरे सानै उमेरमा ती
दोषको हाल हाल
देसकै लागि मरेर गए
ती वीर गँगालाल
कति चिसो जाडोको दिन
सवाङ्ग बनाई राणाको शासन
फुकेर ल्याए झुटको सनाई
कालै रह्यो ईतिहास अनि कालै छ त्यो साल
देसकै लागि मरेर गए ती वीर गँगालाल
नेपाल बसाइ जिवनयापनको क्रममा आठ बर्स लामो सरकारी जागिर गरेका चौहान साहित्यमा जति लगनशील छन त्यति नै काम पनि लगनशील आफ्नो काममा पनि थिए।तर पनि काम र ब्यक्तिको मनोभावना अनि कदर को अभावमा जागिरलाइ तिलान्जली दिनु परेको तितो अनुभव अहिले सम्म ताजा रहेको बताए।
नेपालको अस्थिर राजनीतिक स्थिती र बेरोजगारीको चरम समस्यालाई झेल्दै गर्दा दैनिक रुपमा ३०००को हारा हारी बिदेशिने अरु जस्तै चौहानले पनि आत्मा साथ गर्दौ २०७२ साल बाट रोजगारीका शिलसिलामा युएईमा रहेका चौहान साहित्य सँगै सामाजीक कामहरु मा निक्कै सक्रिय रहेका छन् । समसामयीक र बिषय बस्तुलाई जस्ताको तस्तै। आफ्नो कलमले प्रस्तुत गर्ने भएकाले चिन्ने हरुले उनलाई आँसु कबि पनि भन्ने गर्छन ।
साहित्यलाई सागरको रुपमा परिभाषित गर्ने चौहान भन्छन म साहित्यकार नभई एउटा सिकारु र साहित्यलाई माया गर्ने साहित्य प्रेमि मात्र हुँ ! भाबना हरु लाई शुत्रमा बाध्न सकियो भने गजल/कविता बन्छ तर आजकाल भावनाहरु लाईनै गजल/कविता मान्ने हरु निक्कै रहेको उन्को ठम्याई छ ।
साहित्यमा अनवरतरुप अगाडी बढदै आएका चौहान यथार्थपरक साहित्यमा विशेष रुचि भएर हाइकु अनि छन्द कविता लेखन गर्ने खुबी रहे पनि अहिले समाजमा रहेका यथार्थलाई चित्रण गर्ने रचना गरेको बताउदै समाज परिवर्तनको कलम एउटा दरिलो हतियार रहेको समेत उनको बुझाइ छ।कविता अलिक कम र गजल अलिक धेर लेख्ने यी स्रस्टा लाई सदैब साहित्यिक क्षेत्रमा प्रगतिको शुभकामना ।

Leave a Reply

Your email address will not be published.