समाज के हो ?

                         माधब गैरे
             केन्द्रीय सह कोषाध्यक्ष
               पाल्पाली समाज युएई

समाज भन्नाले अाफु र अाफ्ना राष्ट्र तथा जिल्ला गाउँ टोल र छरछिमेक समेत जम्मा गरि गाउँ टोल क्षेत्र हुदै देशको समुन्नत विकासका लागि वनाएको संगठन हो । जस्तोसुकै अबस्थामा उ समाज र सामाजिक रूपान्तरणको लागि संघर्षरत हुन्छ ।
विसुध्द राजनीति भन्दा अलग रहने यस समाज स्थानीय स साना समस्या संग लड्दै समुन्नत समाजको विकासकालागि संघर्षरत हुन्छ ।
समाजमा खास गरि ६ तह रहेको हुन्छ हालमा अबस्था हेरि सात तहमा पनि वनाउने गरिन्छ ।
१)समाज के हो ?
२)समाजमा कति पद र यसमा पदिय जिम्मेवारी केहो?
३) समाजका नियम कानुनमा पद र पद भित्र पदिय ब्याक्तित्वले निभाउन पर्ने दायित्व के हो ?
४) समाजले ब्याक्ति चयन गर्दा जस ब्याक्ती समाज चलाउन सक्छ सक्दैन त्यसको परिक्षण कहाँ र कसरी गर्ने ?
५) समाज तथा समाजीक ब्याक्तिबाट सर्वसाधारणले के अास गर्ने ?
अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सह कोषाध्यक्ष, सदस्य
विषेश गरि सह कोषाध्यक्ष अबस्था हेरि राखिने पद हो ।
समाजका यिनै पद र सदस्य बाट ५- ७ जना राखि सचिवालय गठन गरिनेछ ।
यसमा संयोजक, सदस्य सचिव, प्रवक्ता, तीन तह हुनेगर्छ, अध्यक्ष संयोजक , महासचिव सदस्य सचिव तथा अध्यक्षले अाफ्नो अनुकुल हेरि ५-७ सदस्यबाट १ जना प्रवक्ता वनाउन सक्दछ।
सचिवालय अापत कालिन निर्णय साथै अति विषेश भएको कुरामाथी निर्णय लिने र सो निर्णय गरेपछिको पहिलो केन्द्रीय बैठकले उक्त विषय छलफल गरि पास गर्नुपर्नेछ ।
समाजमा पद भन्नाले अध्यक्ष देखि सदस्य सम्मलाई जनाउदछ।
पद
समाजका हरेक पद स्वच्छ तथा समाजसेवामा अभिप्रेरित भएको हुन्छ । बिसुध्द जनसेवामा शुल्क रहित सेवा गर्ने पद नै समाजका पद हुन।
समाजका विभिन्न हागा हुन्छ
केन्द्रीय समिति
क्षेत्रीय समिति
इकाई समिति
यसमा पनि पद माथि उल्लेख गरे अनुसार रहेको हुन्छ ।समाजले हरेक तहमा समान अधिकार दिने भए पनि हरेक कामको जस, अपजस केन्द्रीय समितिलाई जाने गर्दछ।
केन्द्रीय समिति हरेक समितिको नेतृत्व बिकास , अार्थिक तथा भौतिक नैतिक देखभाल गर्दै सम्पूर्ण कार्यको अभिभाभक बनेको हुन्छ यद्यपि क्षेत्रले गठन गरेको ईकाई समिति भने क्षेत्रीय समितिको संरक्षणमा हुने गर्दछ।
समिति हरेक काममा क्षेत्र र ईकाईबाट छलफल गरि पारित हरेक बिषय केन्द्रले अनुमोदन गरेपछि लागू गरिएको हुन्छ ।
पद र पदमा बसेका हरेक ब्याक्ती अाफु शुध्द समाज सेवी र समाजीक उत्तरदायित्व बहन गर्न सक्ने हुनुपर्छ ।
समाजमा विवाद हुनसक्छ , कसरी छलफल गर्ने ? समाधान गर्दा कुन अाधार मानेर जाने यसबारे जानकार युक्त ब्याक्ती समाजको पदिय ब्याक्ती भएको खण्डमा समाज अगाडि वढ्ने छ।
अाबस्यक भन्दा अनावश्यक बहस तथा पदिय ब्याक्तिको परिक्षण पनि समाजमा हुने गर्दछ।
यो ब्याक्ती कुन विषयमा कस्तो कुरा कसरी राखेको छ अडकल गरेर उसको सवालको सबल जवाफ दिदै मिलाएर लान सक्ने कर्मठ ब्याक्तित्वले र कहि कतै अाउने जस अपजसलाई सहजै लिएर समाजलाइ अगाडि बढाउने दायित्व पदिय ब्याक्तिको हुन्छ ।
समाजले नेतृत्व दिदा नेतृत्व लिन चाहनेलाई राम्रोसँग छलफल गरि सकभर निर्विवाद गर्नुपर्ने मलाई लाग्दछ ताकी उ सक्षम छ र गर्न सक्छ भन्ने सबैलाई हुन सकोस नभए सक्षम ब्याक्तित्व हेरि अा अाफ्नै तवरले परिक्षण गरेर लिन तथा दिन सकिन्छ ।
समाजमा भैपरि अाउने हरेक समस्याको सरल समाधानमा सहयोग र समुदायको समुन्नत विकाश गर्दै हरेकले अाफ्नो अभिभावकको अास गर्न सक्छ ।
समग्रमा समाज बिशुध्द राजनीतिक रहित संस्था हो उसले हरेक ब्याक्तीको जिवनलाई नजिकैबाट नियालेर समुदायलाई परिअाएको हरेक समस्यामा हातेमालो गर्दै समुन्नत समाजको विकास गरेको हुन्छ ।

Leave a Reply

Your email address will not be published.