शिव परियारले अप्रिलमा युएई तताउने

शिव परियारले अप्रिलमा युएई  तताउने

नेपाली सांगीतिक जगतका बहुचर्चित गायक शिव परियार पुन:युएई आउने भएका छन् । उनि नेपालीहरुको नया वर्ष २०७५ सालको अवसरमा युएईको फुजेरामा रहेका क्रियाशील सम्पूर्ण सामाजिक संघसस्थाहरुको आयोजनामा हुन् गइरहेको “नया बर्ष -२०७५ बिशेष सांगीतिक कार्यक्रम ’’को लागि आउन लागेका हुन् । उनि संगै लोक गायिका पूर्णकला बिसी ,नायक सलोन बस्नेत पनि उक्त कार्यक्रमको लागी युएई आउने भएका छन् । आयोजकले दिएको जानकारी अनुसार उक्त सास्कृतिक कार्यक्रम यहि आगामी अप्रिल २७ शुक्रबार युएईको फुजेरा स्थित मिडियाहलमा दिनको १ बजेबाट सुरु हुनेछ । उक्त कार्यक्रमलाई युएईका कुशल कार्यक्रम संचालक आशिष पुरुष र अमित बिस्वकर्माले संचालन गर्ने छन् भने युएईका स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published.