युएईमा “सन्ध्या” को बिमोचन

युएईमा “सन्ध्या” को बिमोचन

परदेश बाट नै अघिल्लो बर्ष पहिलो गीति एल्बम “सन्ध्या” बिमोचन गरेकी गायिका तथा मोडल सन्ध्या सुस्केराले यो साल पनि आफू जन्मेको हुर्केको गाउँ ठाँउमा शिक्षाको लागि थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले र आफ्नो जन्न्म दिन पारेर दोस्रो एल्बम “सुस्केरा” को बिमोचन गरेकी छिन ।
जस्मा ५ ओटा गीत समाबेश भएको एल्बम यहि गएको सुक्रबार यु.ए. इ (दुबई) को बरदुबईमा रहेको स्लिवर स्पॊन होटल दुबईमा रहेका विभिन्न क्रियासिल सस्थाका प्रमुख ज्युहरु र उहाका साथीहरु को बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो भने अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) युएई ,नेपाली समुदाय युएईको आयोजना र गैरआबसिय नेपाल संघ (NRNA)को सहकार्यमा भब्य रुप मा बिमोचन कार्यक्रम सम्पन्न भयो ।
एल्बम बिमोचन समारोहका प्रमूख अतिथि एनआरएनए मध्यपूर्व उपसंयोजक गोपाल कँडेल ज्यु, इनास भाषा तथा सहित्य प्रवर्द्धन ग्लोबल समितिका संयोजक जे सागर ज्यु लगायत अन्य थुप्रै समाजसेवीहरूको बाहुलीबाट लोकार्पण गरिएको कार्यक्रम प्रवासमा हुने अन्य कार्यक्रम भन्दा पृथक थिए ।

Leave a Reply

Your email address will not be published.