युइएमा अक्षरहरूको आवाज शृजना वाचन डबली तथा श्रष्टा भेटघाट सम्पन्न

१४जुलाई २०१७ – प्रतिक संग्रामी /युएई – अक्षरहरूको आवाज शृजना वाचन डबली तथा श्रष्टा भेटघाट अभियानले भानु जयन्तिको अवसर पारेर युएई को राजधानी अबुदाबीमा आफ्नो सातौँ शृंखला भब्यताका साथ सम्पन्न गरेको छ।
युएई को बिभिन्न ठाऊँमा छरिएर रहेका करिब तिन दर्जनभन्दा माथीका श्रष्टाहरू तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा युएई का लागी नेपालकाका कार्यबाहक राजदूत महामहिम नेत्र बहादुर टन्डनको उपस्थितिले कार्यक्रममा बिशेष उर्जा थपेको थियो।
डबलीका संरक्षक टक गुरुङको सभापतित्व तथा राजदूत टन्डनको प्रमुख आतिथ्यमा कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथी राजदूत डन्डनले भानु जयन्तिको शुभकामना दिदै नेपाली साहित्य जगतको बारेमा आफ्नो अनुभव सबै समक्ष सेयर गर्नुभएको थियो।
भने साथै नेपाली साहित्यका बिभिन्न पाटाहरू तथा पत्रकारितामा कलम चलाउदै आउनु भएका एउटा शसक्त गजलकार तथा पत्रकार जे. सागरको अत्यंन्तै लोकप्रिय बन्दै गएको गजल संग्रह यत्ति भए पुग्छ को लोकार्पण गरिएको थियो।
साथै कार्यक्रमको दोस्रो चरणमा उपस्थित सम्पुर्ण श्रष्टाहरूले आ-आफ्नो रचना वाचन गरेका थिए।
कार्यक्रममा वाचन गरिएका रचनाहरू रेडियो नेपालबाट कार्यक्रम गजल गंगा,उज्यालो 90 नेटवर्कको एकदमै लोकप्रिय कार्यक्रम बुलबुल,मध्य नेपालको सर्बोत्कृष्ट रेडियो कालिका एम.एम,पोखरा ए.एम लगाएतबाट अडियो प्रसारण गरिनेछ भने सहयात्रा टि.भी तथा लाइक नेपाल डट कमबाट भिडियो सार्वजनिक गरिनेछ।
मध्यान्न १२ बजेबाट बेलुका करिब ५ बजेसम्म लगातार चलेको उक्त कार्यक्रमको संचालन नवराज क्षितिजले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published.