नेपाली समाजको अधिबेशन असफल हुनुका पाँच कारणहरु

के एनआरएनले नेपाली समाजलाई बदला लिएको हो ?

मेघराज सापकोटा, युएई । आपसी बिबादका कारण नेपाली समाज युएईको १३ औ अधिबेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कार्यक्रम स्थलमा बिबादले चरम रुप लिँदै गर्दा कुनै अप्रिय घटना नघटोस भनेर अधिबेशन स्थगित गरिएको आयोजकले बताएका छन ।
निर्वाचन स्थगित गर्नु अघी अधिबेशनको पहिलो शत्र समाप्त भएको थियो । दोश्रो शत्रमा निर्वाचन समितीले कार्यक्रम शुरु गरेको थियो भने निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटाले बर्तमान कार्यसमिती भङग भएको घोषणा गरेका थिए । निर्वाचन समितीले कार्यक्रम सुरु गर्दैगर्दा आजिबन सदस्य तथा पर्साद निमेश गिरीले आचारसँहिताको एक बुँदा पढेर सुनाउन आग्रह गरे । पटक पटक आग्रह गर्दा पनि निर्वाचन समितीले नसुने पछी आक्रोशित बन्दै उनी माइक नजिक पुगेका थिए । निर्वाचन समितीका सम्योजक गोबिन्द ढकालले उक्त बुँदा पढेर सुनाए पछी गिरीले प्रचण्डले नेपाली समाजको अध्यक्ष हुन पाउने हेमन्त पौड्यालले हुन नपाउने के हो यस्तो भनेर प्रतिप्रश्न गरे पछी माहोल बिग्रिएको थियो । त्यस पश्चात अध्यक्षका अर्का प्रत्यासी भीम अधिकारी समर्थक नेपाली जनसंपर्क समिती निकट पार्शदहरुले सोही कुरालाई लिएर निर्वाचन समिती पूर्वग्रही भएको भन्दै बिरोध जनाएका थिए । अन्तत कार्यक्रम हलको सुरक्षाको लागि भन्दै निर्वाचन समितीले नेपाली समाज युएईको सम्पूर्ण अधिकार आफुमा निहित रहेको भन्दै अनिश्चित कालको लागि अधिबेशन स्थगित गरेको हो ।
निर्वाचन स्थगित भए पश्चात बिभिन्न कोणबाट यसका कारणहरु खोजिन थालेका छन । कसैले राजनैतीक कारण देखाएका छन भने कसैले ब्यक्तिगत कारण । यिनै कारणहरुको बारेमा चर्चा गरिएको छ ।

कारण न १
निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटालाई अघिल्लो अधिबेशनमा अध्यक्ष बनाउँदा सबै राजनैतीक दलहरुको भातृ संगठनहरुको समर्थन र सहयोग रहेको थियो भने यो पटक त्यस्तो सहयोग थिएन । त्यतिबेला आफुलाई गैर राजनैतीक ब्यक्तित्व बताउने गरेका सापकोटा गतसाल नयाँ शक्तीमा प्रबेश गरे पछी अन्य दलका भातृ संगठनसँग दुरी बढेको थियो । त्यो दुरी कम गर्न सापकोटाले कहिले पनि चाहेको देखिएन । दुरी यती बढेर गयो कि अन्तत ७ जुलाईमा भएको १३ औ अधिबेशनमा सापकोटालाई उनिहरुले असहयोग नै गरे । भिम अधिकारी सक्षम हुन हैनन भन्नेमा जनसंपर्क समिती आँफै पनि सतप्रतिशत विश्वाशत थिएन तर उनिहरुसँग सापकोटाको अर्को बिकल्प पनि थिएन ।
कारण न २
निर्वाचन समितीको कमजोरी अर्को मुख्य कारण हो । निर्वाचन समितीले बिधानमै नभएको अाचारसँहिता बनाउनु हुन्थेन । नेपाली समाज युएईको बिधान २०६६ मा राजनिती गरेको वा राजनैतीक दलका नेताले पनि नेपाली समाजको अध्यक्ष हुन पाउने नियम छ । तर निर्वाचन समितीले केन्द्र र क्षेत्र भनेर आफुलाई बिबादमा पार्यो पार्यो सिङगो कार्यसमितीलाई नै बिबादित बनाइदियो । अाचारसँहिताको १० नम्बर बुँदा र १२ नम्बर बुँदा स्पस्ट छैनन । निर्वाचन समितीले आफ्नो भूमिका भन्दा बाहिर गएर पनि आफ्नो कृयाकलाप गरेको पाईएको छ । जस्तै अधिबेशन अघी उसले युएईका बिभिन्न संघसंस्था, पत्रकार, दलका प्रतिनिधि, दुताबाससँग भेटघाट र छलफल गरेको थियो । उसको भेटघाट कसरी निर्वाचन स्वच्छ र निस्पक्ष हुन्छ भन्दा पनि कसलाई नेत्रित्वमा ल्याउने भन्नेमा केन्द्रित थियो जसले गर्दा निर्वाचन समिती आँफै पनि शँकाको घेरामा फस्यो ।
कारण न ३
नेपालीहरुको कार्यक्रममा अपरिचित अरबी ब्यक्तीको उपस्थिती कतीको उपयुक्त होला ? अधिबेशनमा ४ जना स्थानीयलाई डाकिएको थियो भने २ जनालाई अतिथीको रुपमा मँचमा बसाईएको थियो । जुन कुरा सर्बसाधारणलाई पचेन । उनिहरु यो कुराले पनि पहिले नै आक्रोशित बनेका थिए । आयोजकले उनिहरु को हुन र किन निम्त्याईए भनेर सर्बसाधरणलाई बुझाउन सकेनन । यसले पनि अधिबेशनको बातावरण बिगार्न मुख्य भूमिका खेल्यो ।
कारण न ४
उक्त दिनको अधिबेशनले चन्द्र प्रसाद सापकोटालाई अध्यक्षमा पुननिर्बाचित गर्ने पक्कापक्की थियो । अघिल्लो कार्यकालमा नेपाली समाजलाई युएईमा दर्ता गर्ने र अक्षय कोश खडा गर्ने सापकोटाको प्रतिबद्दता पुरा गर्न सकेनन । नयाँ शक्तीमा प्रबेश गर्नु अघी राजनैतीक दलका भातृ संगठनलाई गाली गरेको भन्दै उनिहरु चिढिए । थप बिबादित बने । यही कारणले पनि उनले धेरैको भरोसा गुमाइसकेका थिए । त्यसैले पनि युएईमा रहेका ३० वटा भन्दा बढी संघसंस्थाले उनलाई साथ दिएको अवस्थामा पनि उनको यही कारणले उनी पुनअध्यक्ष हुन सकेनन । किनकी त्यो साथ दर्बिलो थिएन । नहुनु मामा भन्दा कानो मामा थियो । यदी साथ दर्बिलो भएको भए त अधिबेशन स्थगित हुँदैमा जनजाती महासंघ अन्तर्गत रहेका ९ वटा संस्था, बिभिन्न जिल्लागत संस्थाले साथ छोड्नु पर्ने थिएन ।
कारण न ५
गज्जबको कारण छ । गत साल एनआरएनले आफ्नो वार्षिकी कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा अध्यगमन बिभागका प्रमुख र श्रम बिभागका निर्देशकहरु उपस्थित रहेका थिए । अध्यगमन प्रमुखले बोल्दै अध्यागमनमा कुनै भ्रस्टाचर नभएको भन्दै गर्दा कार्यक्रम स्थललाई नै बिथोल्ने गरी नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र महासचिब मणी भुर्तेलको आक्रोस देख्न लायक थियो । नेत्रिवले प्रश्न गर्दा शालिन ढंगले राख्नु पर्ने पर्नेमा एनआरएनको कार्यक्रमलाई नै असर पर्ने गरी गरिएको त्यो किसिमको ब्यवहारको सर्बत्र आलोचना गरिएको थियो । यसपाली नेपाली समाज युएईको अधिबेशनमा एनआरएन युएईका नेत्रित्वले खेलेको भूमिका र आक्रोश हेर्दा पनि उस्तै देखिन्थ्यो । कतिपयले एनआरएन युएईले नेपाली समाजलाई बदला लिएको भन्ने आरोप लगाएका छन । कार्यक्रममा एनआरएन युएईका प्राय सबै देखिन्थे र उनिहरु उस्तै आक्रोशित पनि देखिन्थे ।

Leave a Reply

Your email address will not be published.