समाज सेवा र अभिनय एकै साथ प्रबासमा:मगर

समाज सेवा र अभिनय एकै साथ प्रबासमा:मगर

डिल्ली हुमागाइ, युएई – प्रदिप पुन मगर सन १९८२ जनवरी २७ मा रुपन्देही जिल्लाको टिक्लिगड गाबिस वडा न ९ मा पिता तिल बहादुर मगर र माता शान्ती देबि मगर को सन्तानको जन्मिए पनि आफ्नो बाल्यकाल भने भारतमा बितेको र आफ्नो पढाइ पनि भारत मा नै बताए।पढाइ बि कम सक्नु भएको बताउनु भयो।
सानै उमेर बाट लगनशील मगर आफु समाज सेवा प्रती झुकाब सानै बाट रहेको बताउछ्न।र अभिनय मा पनि रुची रहेको तर तेति बेला अवसर को कमि भएको भन्ने बुझाइ छ ।
सन २००५ मा बैबाहिक जिवन मा बाधिएका मगर अफ्नो मागी बिबाह भएको र अहिले ३ सन्तान को पिता भइ सकेको कुरा उल्लेख गर्नु भयो।
आफु सङग राम्रो पढाइ हुदा हुदै पनि आफ्नो देश कुनै सम्भावना नभए पछि भारतमा गएर पनि काम गर्नु परेको कुरा समेत जोड्नु भयो।
दुबई आउने सपना रहेको अनि नेपालमा नोकरिको अभाव र नोकरी पाए पनि आफ्नो दक्षता सिप अनि क्षमताको मुल्यांकन नहुनु पनि विशेष कारण रहेको तितो अनुभव साट्नु भयो।
सन २०१० मा पहिलो पटक युएई मा पाइला टेकेका मगरले पहिला प्रोफेसनल सेक्युरिटी सिस्ट्म मा २साल बिताएको र हाल अलफुतिम कम्पनी काम गरिरहेको बताए बिगतका दिनहरुमा कठिनाइ भए पनि अहिले को काम र दाम बाट खुसी रहेको बताए ।
बिदेशी भुमी मा रहेर पनि समाजिक काम र आफ्नो अभिनय लाइ साथ साथ लैजान जुझारु रुप लागी रहेका मगर सामाजिक क्षेत्र मा बिशेष भुमिका निर्बाह गर्दै आउनु भएको छ मितेरी समाज युएई को बरिस्ठ उपाध्यक्ष हुनुन्छ भने नेपाल मगर सघ युएई अल ऐन क्षेत्रीय समितिको सचिव समेत भएर तदारुकता साथ समाज सेवाम लागी रहनु भएको छ।
निस्वार्थ भावना देखी सक्दो समाज बाट हुन्छ कि ब्यत्तिगत हुन्छ पीडितलाइ सहयोग गर्नु र पीडित ले सहयोग पाउनुलाइ समाज सेवा हो भन्ने उहाको बुझाइ रहेको छ।उहाले समाज रहदा बिभिन्न तरिकाले सहयोग गर्दै आउनु भएको छ।मितेरी समाजको बिशेश पहलमा र प्रदिम मगरको नेतृत्वमा सन२०१४ मा सोममाया गोले तामाङको सहयोगमा करिब एक लाख बराबर को सहयोग गर्नु भएको थियो।तेस्तै गत डिसेम्बरमा बुटवलको सिद्धबाबा वृद्ध आश्रमको लागी मितेरी समाजको तर्फबाट रु ७५०००सहयोग गरेको थियो जस्को हस्तान्तरणमा उहा को नेतृत्व रहेको थियो।आगामी आउने दिनहरुमा सदैव समाज सेवामा लागी रहने प्रतिबद्धता समेत जाहेर गर्नु भयो।
आशिष म्युजिक प्रा ली को प्रस्तुति “मनले मलाइ छुन्छ” गित को म्युजिक भिडियोमा आफ्नो अभिनय दिइ सक्नु भएको छ उत्त म्युजिक गितमा स्वर भने रमेश बाबु थापा मगर र प्रिति आलेको रहेको छ भने शब्द सङ्गित कृष्ण बम मल्लको रहेको छ।उत्त म्युजिक भिडियो नेपालि चर्चित मोडल रन्जिता गुरुङ को बेजोड अभिनय देख्न पाउनु हुनेछ।उत्त म्युजिक भिडियो डिसेम्बर ३०,२०१६ बाट सर्बत्र बजार र युटुब सार्बजानिक गरिएको छ।तपाईं सम्पुर्ण दर्शक स्रोताले हेरेर प्रतिक्रिया दिनु होला तपाईं हरुको सल्लाह सुझाव र प्रतिक्रिया ले मलाइ उत्साह अनि अगाडी बढन प्रेरणा मिल्ने छ भन्न्नु भयो ।

One Response to "समाज सेवा र अभिनय एकै साथ प्रबासमा:मगर"

  1. bhandari yam   January 16, 2017 at 5:01 pm

    Good job vanja Ji god bless you

    Reply

Leave a Reply

Your email address will not be published.