परदेश मा बसेर आफ्नो दुख र बिबिध परिस्थिति संग जुध्दै आफ्नो कलाकार बन्ने सपना बोकेका झापा का गायक पारश लामाले हालै यु.ए.र्इ.बाट आफ्नो पहिलाे गीतको म्युजिक भिडियो लिएर आएका छन् । ज्ञानेन्द्र तामाङ्गले रचेको अत्यन्त मिठो लाेक पप शैलिकाे गीत “वाउ क्या राम्री सोल्टिनी” हालै यु.ए.र्इ. काे दुवर्इमा छाँयाङ्कन भई म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको छ । जसमा पारस लामाकाे साेल्टिनी बनेकी छिन चर्चित माेडल रिया श्रेष्ठ। यस गीतमा प्रसिद्ध सङ्गीतकार टंक बुढाथोकीले सङ्गीत र संगीत संयोजन गर्नु भएको छ भने परदेशी गायक पारश लामा को स्वर रहेको छ ।
केशब कटुवालले निर्देशन गरेको यस गीतको भिडियोमा श्री कृष्ण भट्टराईले क्यामरा चलाएका छन् भने नृत्य निर्देशन पुजन कपाली ले गर्नु भएको छ । यस भिडियो मा चर्चित डान्सर रिया श्रेष्ठ लाई देख्न सकिन्छ भने दुबईमा नै १ दर्जन भिडियो मा आफ्नो कुसल अभिनय गरिसक्नु भएका मोडल दुर्गा छेत्री, २ दर्जन भन्दा बडी भिडियो निर्देशन गरिसकेका परदेशी निर्देशक अनि गीतकार केशब कटुवाल र नृत्य निर्देशक पुजन कपाली लार्इ समेत देख्न सकिन्छ । दुबई मा नै बसेर भिडियो सम्पादन गर्दै अाएका सम्पादक देव कुमार श्रेष्ठ ले कैचि चलाउनु भएकाे उक्त म्युजिक भिडियाे लार्इ Youtube काे The AB Presents च्यानल मार्फत संसारभर एकै पटक सार्वजनिक गरिएकाे हाे ।
अहिले बजारमा लाेक पप शैलिकाे गीतहरूको कमी भएका कारण यस गीत र भिडियोलाई नेपाली गीतसङ्गीतका स्रोता र दर्शकहरूले धेरै मन पराउने अनि माया गर्ने कुरामा गायक पारस लामा ढुक्क भएको हामी लाई बताउनु भयो। परदेशमा बसेर पनि यसरि संगित कर्ममा लागेकाे कलाकारहरू मिलेर मेहनतका साथ तयार पारेकाे उक्त म्युजिक भिडियाे तथा गितले सफलता पाअाेस हाम्राे शुभ-कामना छ।
