एन आर एन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने-प्रथम हुनेलाई ३३३३ दिराम

एन आर एन युएईले खेलकुद कार्यक्रमको आयोजना गर्ने-प्रथम हुनेलाई ३३३३ दिराम

प्रबासी अनलाईन, युएई – एन आर एन ए युएईले बिबिध खेलकुद कार्यक्रमको आयोजना गर्ने भएकोछ ।
एन आर एन ए युएईले आगामी डिसेम्बर महिनामा खुल्ला भलिवल र अन्तर संस्था फुट्बल खेलकुद कार्यक्रमको आयोजना गरिने जानकारी आज बरदुबई स्थित सिल्भर स्पुनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
डिसेम्बर महिना लाइ खेलकुद महिना को रुपमा घोसणा गर्दै एनआरएनए युएइले बिबिध खेलकुदको आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
विभिन्न कारणले बिदेशिन बाध्य प्रदेशमा रहेका नेपाली राष्ट्रियखेलाडी हरु तथा खेलकुद प्रेमी हरुलाई प्रोत्साहन गर्दै खेलकुद प्रबर्दन गर्ने उद्देस्यले खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा वितरित प्रेश बिज्ञप्तिमा लेखिएको छ ।
कार्यक्रम तालिका अनुसार अलकुज स्थित म्युनिसिपालिती खेल मैदानमा १५ डिसेम्बरका दिन अन्तर सस्था भलिबल प्रतियोगिता र २९ डिसेम्बरका दिन अन्तर सस्था फुटबल प्रतियोगिता गरिनेछ ।
प्रति टिम ३०० दिराम दर्ता शुल्क लाग्ने उक्त प्रतियोगितामा सहभागी हुन को लागि डिसेम्बर १२ बेलुकी ५ बजे सम्ममा टिम दर्ता गरि सक्नु पर्ने जानकारी पत्रकार सम्मेलनमा दिईयो ।
प्रतियोगितामा प्रथम, द्द्तिय र तृतीय हुनेलाई क्रमश ३३३३, २२२२ र ११११ युइए दिराम नगद, कप, मेडल तथा प्रमाण पत्र प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा दिईयो ।
खेलकुद मार्फत आपसी भातृत्वको विकास गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितालाई सफल पार्न एन आर एन ए युएईले यहाँ स्थित सम्पूर्ण संघ सस्था हरुलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published.