एनआरएन युएइका उपाध्यक्ष उमेद्ववार द्वारा पत्रकारलाई प्रश्न गर्न रोक

एनआरएन युएइका उपाध्यक्ष उमेद्ववार द्वारा पत्रकारलाई प्रश्न गर्न रोक

शेखर चापागाइ- प्रवासी अन्लाईन । एनआरएन युएईको आसन्न निर्वाचन संगै यहाको माहोल धेरैनै तातेको छ । हुन त युएइको माहोल तात्ने क्रम चली रहन्छ । कहिले नेपाली समाजको निर्वाचनले, कहिले सस्थाहरु बिचको विवादले त कहिले दुताबासको बिज्ञप्तिले ।
जे होस् हामि नेपालीहरु माहोल तताउन धेरैनै सक्षम छौ । एनआरएन युएइको आसन्न निर्वाचन र बर्तमान परिस्थितिले मेरो मनमा विभिन्न प्रश्न हरु उब्जिएका छन ।
आखिर एउटा सस्थाको कुनै पनि पदमा पुग्न यति धेरै अस्वस्थ्य प्रतिस्पर्धा किन हुन्छ ?
लाखौ रुपया लागानी गरेर सस्थाको कुनै पदमा आउन सक्ने हरुले जब नेपाली हरुलाई सहयोगको आवस्यकता पर्दा सहयोग गर्न किन पछी हट्छन ? राजनीतिक गुटबन्दी र भागबण्डा बिना कुनै पनि सहकार्य सम्भब छैन ?
सयौ नेपालीको पासपोर्ट र भिजाको कपि लाइ गलत प्रयोग गरेर एनआरएनको सदस्य संख्या बढाउनु सहि हो ?
यस्तै यस्तै प्रश्न हरु मेरो मानसपटलमा खेलिरहेका थिए । यस्तै प्रश्नको जवाफ आँफै भेट्टाउने आशा बोकेर म धेरै ठाउँ हिंडे । कहिले एनआरएन अलएनको अधिबेशन स्थल त कहिले दुबईको अधिबेसन स्थल, निर्वाचन समितिको कार्यालय जहाँ त्यही पुगे ।
तर मेरो प्रश्न हरुको जबाफ आएन । भेटिएन । सम्बोधन कहिँ बाट भएँन अझ प्रश्न सोध्ने सैलीमाथि प्रश्न उठाइयो । ?
प्रसंग जोड्न चाहन्छु एनआरएन युएईको उम्मेदवारी दर्ता गर्ने दिनको । निर्वाचन समितिको कार्यालयमा एउटा समूह उमेद्ववारी दर्ता गर्न आयो जसलाई देख्दा लाग्थ्यो भागबन्डा गरेर मिलिजुली सरकारको गठन हुदैछ । जसमा युएईमा रहेका हरेक राजनीतिक भात्री सङ्गठका प्रमुखहरु रहेका थिए र उनीहरु सबैले हातमा हात जोडेर निर्वाचन समितिमा उम्मेद्ववारीको निबेदन पेश गरे ।
मैले केहि दिन अघि एनआरएनको बिधानमा कुनै पनि गुटबन्दी अथवा प्यानलको रुपमा उमेद्ववारी दर्ता गर्न पाइने छैन भनेर पढेको थिए । त्यसैले मैले निर्वाचन समितिका प्रतिनिधि त्रिलोचन कोइराला लाइ प्रश्न गरे के यी प्यानल होइनन् ? “होइन यो कहाँ प्यानल हुनु , यो त ब्याक्तिगत उमेद्ववारी हो” जबाफ अायो ।
त्यसपछि मैले यो प्यानल भनेको के हो ? कस्तोलाई प्यानल भन्ने कस्तोलाई ब्याक्तिगत भन्ने ? निर्वाचन समिति संयोजक संकल्प खनाललाइ प्रश्न गर्दा त्यहाँ उपस्थिति राजनीतिक भात्री संगठनका प्रतिनिधीहरु आ-आफ्नै तर्कहरु प्रस्तुत गर्न्र थाले र भने यो कुनै प्यानल होइन यो हाम्रो समर्थन मात्रै हो ।
त्यहि भिड बीचमा एकजना भद्र ब्याक्ती पनि थिए । जो जनसम्पर्क समिति युएइको अहिले नेतृत्वमा छन । उनी म तीर तेर्सिदै ठुलो स्वरमा कराउदै भने ‘कस्तो प्रश्न गरेको, प्रश्न सोध्ने ढंग त्यहि हो?” उनले त्यसो भन्दै गर्दा मलाई पनि उनि जस्तै आक्रामक हुने मन भै सकेको थियो तर मैले केहि महिना अगाडीको बीबिसी साझा सवाल सम्झिए । कांग्रेस नेता देउबाले दिएको अभिव्यक्तिको याद आयो र सायद सस्कारलाइ यता पनि अनुसरण गरेका होलान भनेर चुप लागेर बसे । बालपन क पछि ज्ञ आउछ भन्दा ठीक हो सर बुझे सर भने जस्तै गरेर ।
त्यस्तै अर्को प्रसंग हिजो संयोगबस म फेरी त्यहि ठाउमा अर्थात् निर्वाचन समितिको अस्थाई कार्यालयमा रिपोर्टिङका लागि पुगेको थिए । उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिने क्रम चलिरहेको रहेछ ।
एक जना चिरपरिचित अनुहार त्यहाँ आएर निर्वाचन समितिलाइ तीन वटा उमेद्ववारी फिर्ताको निबेदन पेश गरे । नबुझेको र नजानेको कुरा सोध्ने मेरो बानी फेरी दोहोराए । निर्वाचन समितिलाइ मैले सोधे “सर यो उमेदवारको अनुपस्थितिमा पनि उमेदवारी फिर्ता हुन सक्छ ?” निबेदन र इमेल आएको खण्डमा त्यो मान्य हुन्छ तथापी हामि फोन सम्पर्क गरेर एक पटक पुष्टि गर्छौ । जबाफ ठिकै लाग्यौ । तर पृष्‍ठभूमिमा अर्कै द्रिश्य देखिदै गयो ।
निर्वाचन समितिका साथीहरुले फोन गर्नु भयो तर एकजना उमेदवारले आफुले उमेदवारी फिर्ता नलेको जानकारी दिए । त्यसपछि ती महासय बालकृष्ण मारासैनि (जो आफु पनि उपाध्यक्ष्यको उमेद्वार हुन्) ले कसैलाई फोन सम्पर्क गरे अनि निर्वाचन समितिलाइ पु:न उक्त व्यक्ति लाइ फोन गर्न भने ।
म निर्वाचन समितिको अघिल्तिर रहेको कुर्सिमा बसी रहेको थिए र भने निर्वाचन समितिले फोन गरि सक्यो र उम्मेदवारले पनि मैले उम्मेदवारी फिर्ता लिएको होइन भनि सके पछी तपाईं किन उहाहरुलै फोन गर्नु भन्नु हुन्छ? त्यसपछि उनि म प्रति कडकिदै आए र भने ‘तपाईं किन बाठो भएको? तपाईं ले बोल्ने काम छैन यहाँ, मैले भने तपाईंहरुले जे गरि पनि हुने हामीले बोल्न पनि नहुने ? त्यसपछि निर्वाचन समितिले पनि फोन नगर्ने भने पछी केहि समय पछी ति उमेद्ववारले आफै फोन गरे । आफुले उमदेवारी फिर्ता लिएको जानकारी गराए ।
के यो सबै गुटबन्दी , प्यानल होइन ? यसरि तल्लोस्तरको राजनीति गरेर आउने कार्यसमिति मजदुर मुखी बन्न सक्ला त ? मेरो मानसपटलमा घुमेको प्रश्न पाठक बीच पस्किए । आफ्नो प्रतिकृया सभ्य सैलीमा दिन र नचाहे मनमै गुम्साएर राख्न पनि पाईन्छ है … ….

(नोट: धेरै पाठकहरुको अनुरोधमा नाम उल्लेख गरिएको)

Leave a Reply

Your email address will not be published.