८ लाख तिरेर युएई आएका १ सय १६ जना नेपालीले ४ महिना सम्म काम र दाम पाएनन्

८ लाख तिरेर युएई आएका १ सय १६ जना नेपालीले ४ महिना सम्म काम र दाम पाएनन्

उमाकान्त पाण्डे। युएई , माघ १३ – युएईमा १ सय १६ जना नेपाली कामदार समस्यामा परेका छन । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा पर्नुभएको हो ।
पटक पटक गरेर नेपालबाट सो कम्पनीमा आएका नेपालीहरु समस्यामा पर्नुभएको हुँ । काठमान्डौमा रहेको एसआरएस म्यानपावर मार्फत उहांहरु कोही ८ महिना पहिले र कतिपय भने ४ महिना पहिले युएई आउनु भएको हो । म्यानपावरले ‘सेमी गभरमेन्ट कम्पनी हो, मासिक तलब लाख भन्दा धेरै हुन्छ भनेर ८ लाख प्रतिब्यक्ती लिएर पठाएको हो’, अहिले काम पनि नदिएको र मासिक दाम पनि पाएका छैनौ समस्यामा परेका नेपालीहरुले भने ।
त्यसरी समस्यामा परेका एक सय १६ जना नेपालीहरु बिहीवार दुतावास पुगेर आफ्नो समस्या बारे नीवेदन दिनुभएको छ । ‘अघिल्लो पटक पनि समस्या लिएर दुतावास आएका थियौ तर दुतावासले सहयोग नै गरेन’ दैलेखका राजु केसीले भन्नुभयो । समस्या लिएर दुतावास आएको तर दुतावासले समन्वयब गर्ने भनेर मात्रै आफुहरुलाई टारेको पीडितहरुको गुनासो छ ।
आफ्नो समस्या बारे दुतावासमा लिखित निवेदन पनि पीडितहरुले दिनुभएको छ । पीडितहरुको समस्याबारे दुतावासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले दुई घण्टा सवाल जवाफ गर्नुभयो । समस्यामा परेका नेपालीको बिषयलाई प्रकृयागत रुपमा दुतावासलाई प्राप्त अधिकार अनुसार आफुहरुले काम गर्ने बताउनुभयो ।

दुतावासले दियो तत्काल चासो

राजदुत टन्डनले दुतावासका श्रम काउन्सिलर भेष बहादुर कार्कीलाई तत्काल निर्देशन दिएर कम्पनी सँग संपर्क गरेर कामदारका समस्या बारे बुझ्न अनुरोध गर्नुभएको थियो । काउन्सिलर कार्कीले तत्काल कामदारकै बीचबाट कम्पनीमा टेलिफोन गरेको र कम्पनीले समस्या समाधानका लागि पहल गर्ने बताएको जानकारी दिनुभयो ।
‘कम्पनीले नयाँ काम नपाएकाले कामदारलाई काम नदिएको भनेको छ’ काउन्सिलर कार्कीले भन्नुभयो ‘नेपाली कामदारको समस्या बुझेर अहिले सम्मको तलबको रकम दिने वा काम पाए काममा लगाउने अन्यथा नेपाल फर्काउन सहयोग गर्ने भनेको कार्कीले उज्यालोलाई जानकारीदिनु भयो ।
दुतावासले कामदारलाई आगामी माघ १८ गते सम्म पर्खन भनेको र त्यो बेला सम्म कम्पनीले ब्यबस्थापन गर्न नसके कामदार पठाउने एसआरएस म्यानपावरलाई कारबाहीको लागि सीफारिस गर्ने बताएको छ । ‘हामीले सिधै कारबाही गर्ने भन्ने हुँदैन, तर कारबाहीका लागि सीफारिस गर्न सकिन्छ’ राजदुत टन्डनले भन्नुभयो ।
यस् अघी पनि सोही कम्पनीमा नेपालीहरु समस्यामा परेको आफुले सुनेको र सो कम्पनीलाई श्रम अनुमती नदिन अनुरोध गरेको सम्झदै राजदुत टन्डनले भन्नुभयो ‘यस् अघी कसले के गर्यौ म जान्दिन अहिले म कार्यबाहकका नाताले भन्दै छु ‘म्यानपावरलाई कारबाहीगर्न सीफारिस पत्र पठाउछौ’,’त्यो पत्रको प्रतिलिपी तपाईंहरुलाई पनि दिनेछौ’ कानुनी बाटो नेपालमा समाउन सकिन्छ ।
समस्यामा परेका नेपालीले यस् अघी युएईका पुर्व राजदुत धनन्जय झाको एसआरएस म्यानपावरमा संलग्नता रहेको र उनैको सहयोगमा नेपालीहरु सो कम्पनीमा आउने गरेको बताए । ‘सरकारले राजदुत नीयुक्ती गर्दा पनि सक्षम र पारदर्शीलाई मात्र गह्रोस’ काठमाण्डौका ॠषिराम सिग्देलले भन्नुभयो ।
‘हामीले हिजो कम्पनीको कार्यालय घेराउ गर्यौ, आज दुतावास घेराउ गर्दै छौ’ पीडितहरुले भन्नुभयो । ‘हामीलाई काम चाहियो , काम नभए आज सम्मको दाम र हामीले तिरेको रकम फिर्ता हुनुपर्यौ, अन्यथा नेपाल फर्केर म्यानवावरमा रक्तपात मच्चाउछौ’ चितवनका हरिकृष्ण गौलीले आक्रोश पोख्नुभयो ।
ती कामदार पठाउने म्यानपावरकी सन्चालिक शुभद्रा बराल अहिले संपर्कबिहिन हुनुहुन्छ । समस्यामा परेका नेपालीले उहांसँग संपर्क गर्न खोजेको तर संपर्क नभएको बताउनु भयो । नेपाल बाट सुने अनुसार आजभोलीमा उहा युएई आउने भन्ने सुनेका छौ तर हो होइन थाहा छैन । हामीलाई अलपत्र पार्ने म्यानपावर एजेन्सीलाई कडा कारबाही होस् , र यसरी कामदार अलपत्र पार्ने कम्पनीमा अब नेपाली कामदार आउन नसक्ने बनाउन दुतावासले सहयोग गर्नुपर्ने बताएका थिए ।

One Response to "८ लाख तिरेर युएई आएका १ सय १६ जना नेपालीले ४ महिना सम्म काम र दाम पाएनन्"

  1. Ganesh karki   January 27, 2017 at 8:06 pm

    Testo manpower lai kharej gari dalali harulai ta fasi ko saja hunu parx ani pidit le afule bujhaayeko rakam ko chauber rakam paunu parx

    Reply

Leave a Reply

Your email address will not be published.