दुबईमा कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई

दुबईमा कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई बिदाई

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । गएको ११ जनवरी बिहीबारका दिन दुबईको सिल्भर स्पून नेपाली रेष्टुरेण्टमा गुल्मी सेवा समाज युएईको आयोजनामा युएईस्थित क्रियाशिल विभिन्न २२ वटा संघ सस्थाहरुले संयुक्त रुपमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डनलाई सम्मानका साथ बिदाई गरेको छ । राजदूत टण्डनको ४ बर्षे कार्यकाल पूरा भई नेपाल फर्कने भएपछि बिदाई गरेको हो ।
उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक महामहिम राजदूत नेत्रबहादुर टण्डन रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण अर्यालले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेका थिए । नेपाली राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रममा भुवन मगरको शुभकामना मन्तव्य र रुद्र थापाको संचालनमा भएको थियो ।
गुल्मी जिल्ला छत्रकोट गाउंपालिका–२, मा जन्म भई हाल भक्तपुरमा बसोबास गर्दै आउनु भएका राजदूत टण्डन १६ जनवरी २०१४ मा युएईका लागि उपनियोग प्रमुखको पदमा नियुक्ती भएर आउनु भएको थियो । महामहिम धनेन्द्र झाको कार्यकाल सकिएपछि ८ मे २०१५ मा कार्यवाहक राजदूतको पद समाल्नु भएको हो । उहां युएई आउनुभन्दा पहिला तृतीय सचिवको पदमा पेरिस र वासिङट्न डिसी पनि जानु भएको थियो भने कार्यवाहक राजदूत र उपनियोग प्रमुखको पदमा वर्मा समेत जानु भएको थियो ।
उहांले राजदूतको बागडोर आफ्नो हातमा लिएपछि १० महिनाभित्रमा सम्मानिय राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई युएई भ्रमण गर्ने व्यवस्था मिलाउनु भएको थियो । नेपाल र युएईको दुई पक्ष आपसी सहयोग र अझै घनिष्ट मित्रताका लागि युएईबाट एक उच्चस्तरीय टोली नेपाल जानलाई तयारी अवस्थामा रहेको राजदूत टण्डनले जानकारी दिनु भएको छ । कन्सुलर सेवाका लागि सेकेण्ड, मिनेट र घण्टाभित्र उपलब्ध गराउनुका साथ दुःखमा परेकालाई खबर पाएको एक मिनेटमै उद्धार गर्ने प्रक्रिया सुरु हुने व्यवस्था दूतावासमा रहेको प्रत्यक्ष रुपमा बताउनु भएको छ ।
बिदाई कार्यक्रमको अवसरमा विभिन्न वत्ताहरुले आ–आफ्नो मन्तव्यको क्रममा राजदूत टण्डनले आफ्नो कार्यकालमा धेरै राम्रो काम गर्नुका साथ दूतावासमा सहज र शुलभ सेवा व्यवस्थित गरेको भन्दै प्रशंसा गरेका थिए । मन्तव्यकै क्रममा टण्डनले युएईको लामो बसाईमा संघ सस्था र विभिन्न तहबाट धेरै सहयोग पाएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.