कबिता: २६ बर्ष (एक आव्हान ) – रमेश क्षितिज

नेपाली समाजका लागी रमेश क्षितिजको कलमबाट

               रमेश क्षितिज / प्रबासी अनलाईन

छब्बिस बर्ष पुगेको परिपक्क जवान तिमी
त्रासमा पाईला सारेका कयौका नबिनतम आश तिमी
अनी म यही भेट्छु ,
कत्तिले तिम्रो बाटोका आड बोकेका
तिम्लाई बलियो बनाउन हात बढाएका
अनी चाहेका तिमी आफ्नै खुट्टामा उभिएर सबैको साहारा बन्नु पर्छ भन्ने
त्यो दिन, किन त्यस्तो अन्यौलतामा तिमी अल्झियौ ?
अनाबश्यक बखेडाहरुका बिच हुल दंगा भई रहँदा म तिम्रो २६ बर्षे जिबन केलाउँदै थिए
अनी सोच्दै थिएँ तिमी साँच्चै कम्जोर भएको या बनाईएको ?
म मान्छु तिमीमा तातो रगत हुनुपर्छ,
पहाडै पल्ट्याउँने सामार्थ्य हुनु पर्छ,
बिजयका बिगुल फुग्दै शसक्त भई बैरी थर्काउने साहस हुनुपर्छ ।
तर फेरी पनि , त्यो दिन तिम्रो आत्मबल कम्जोर भयो या बनाईयो ? मैले बुझ्नै सकिन …
बस, अनुत्तरीत म तिम्रो अनाबश्यक चर्चा सुन्न बाहेक अरु केहि गर्न सकिन !
अचम्म पर्छु!
यत्तिका बर्ष तिमीले चालेका पाईलाहरु,
तिमीले भेटेका सहयात्रीहरु,
कदम कदम काँधमा काँध मिलाउनेहरु,
तिमीलाई गिराउने, भत्काउने खेलको साक्षी बन्दा समेत तिमी “हाम्रै हौ ” भन्न कोही आएनन …
उभिन चाहेनन तिमी सँग …
अनी गर्न चाहेनन तिम्रा सत्कर्मका वकालतहरु …
परिस्थितिको कठघरामा बिचरा ! तिमी मात्रै उभियौ अभियुक्त जस्तै गरी ..
सुन,
म त तिम्रो शुभेच्छुक मात्र
तिमी सिगारिएको हेर्न चाहाने,
बैधानिकतामा भित्रीएको हेर्न चाहने,
अनी तिम्रा आँगनीमा एकजुट आएर नाँचेको, हाँसेको हेर्न चाहाने एक शुभेच्छुक मात्र ..
हेर , तिमी यसरी अनिर्णय भित्र रुमल्लिरहँदा
तिम्रो मान, शानको बेमतलब चर्चा चलिरहँदा दु:खमा छु म !
अब,
भाई भाई बिचका
मत / मतान्तर
द्वेष / क्लेष
मेरो / तेरो
तिक्तता / रिक्तता
सबै बन्धनहरुको गाँठो फुकाउनु पर्छ तिमीले ।

आउ ! टुटेका / फुटेका मनहरु जोडौ
उत्प्रेरणा / उदाहरणका मिशाईल फोडौ
दम्भ छोडौ,
हठ त्यागौं …
मिलाएर मनका भत्केका कुलेसाहरु
बनाउदै सम्बन्धका युगिन गोरेटाहरु
देखाई देउ दुबै भाईका हँसिला अनुहार
अनि सार्थक बनाउ तिम्रा गौरबमय २६ बर्ष ।।।

Leave a Reply

Your email address will not be published.