युएईमा सफल नेपाली खेलाडीहरु सम्मानित

[sm-youtube-subscribe]

दुबई, युएई – एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबको सक्रियतामा हालै मात्र २ वटा अन्तरास्ट्रिय ( १२ औ नेस्नल कराते च्याम्पियनशिप- जेकेएस कप २०१७ अल वसल क्लब दुबईमा खुल्ला कराते ) र ( बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यूएई – दुबई) खेल सम्पन्न भएको छ । ठुलो संख्यामा नेपाली खेलाडीहरुको सहभागिता रहेको उक्त खेलमा नेपालीहरुको उच्च खेल कौसल अनि प्रतिस्प्रधिलाई दिएको चुनौती निक्कै सराहनीय थियो ।करिब आधा दर्जन रास्ट्रहरुको खेलाडी सामेल रहेको उक्त प्रतिस्प्रधामा प्रवासी नेपालीहरुले सम्मानित नतिजा ल्याउदै आफ्नो बलियो उपस्थितिमा कप तथा मेडल प्राप्त गरेका हुन ।
राष्ट्रिय खेलबाट देशलाई प्रतिनिधित्व गर्नुहुने भलिबल खेलाडीहरु, जुडो, ट्रेक एंड फिल्ड र शारीरिक सु-संगठन खेलाडीहरु साथै रेफ्री तथा प्रशिक्षकहरुलाई सम्मानार्थ आयोजना गरिएको उक्त कार्यक्रम राजदुतावासका कार्यवाहक राजदुत श्री नेत्र बहादुर टन्डनको प्रमुख आतीथ्यमा यूएई स्थिति अरब उद्दुप्पी रेस्टुरेन्टमा सम्पन्न भएको थियो। उक्त सम्मान कार्यक्रम औपचारिक रुपमा सुरु गर्दै उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि तथा अतिथि ज्यु हरुलाई ब्याज बितरण गरि कार्यक्रम संचालक श्री रमेश छितिज ज्युले सबैलाई औपचारिक अशान ग्रहण गराएका थिए । यसै विच क्लब सचिब श्री पूर्ण भक्त लामाले स्वागत मन्तब्य दिनु भएको कार्यक्रममा सभापतित्व भने क्लब उपध्यक्ष पवित्र भण्डारीले गर्नु भयको थियो । सम्पूर्ण यूएईमा सक्रिय विविध सामाजिक संस्थाहरु नेपाली समाजबाट अधक्ष्य  सी.पि. सापकोटा, एन आर एन ए यूएई सल्हाकार तथा बिजेनेश काउनशिलका कोषाधक्ष्य  एकेन्द्र बहादुर थापा, पत्रकार महासंघ अधक्ष्य भूप राज बस्याल, पत्रकारहरु शेखर चापागाई, उत्तम बिक,निमाकांत  पाण्डे , त्रिलोचन कोइराला, कलाकार संघ यूएईका प्रतिनिधि आशिष पुरुष लगायत ब्यापारी, खेलप्रेमी तथा समाज सेवी हरुको राम्रो उपस्थिति बिच आमन्त्रित खेलाडीहरुलाई कार्यवाहक राजदुत  नेत्र बहादुर टन्डन र नेपाली समाज अधक्ष्य सी.पि. सापकोटाको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
यस्तै गरि आफ्नो ठाउँबाट हरबखत खेल तथा खेलाडी हरुलाई सहयोग गर्नु हुने क्लबका सम्पूर्ण पदाधिकारी तथा सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । उपस्थित अतिथिहरु मध्यबाट पनि कार्यक्रमको महत्व बारे आफ्नो मन्तब्य दिनु हुदै समाजका अधक्ष्य सी. पि. सापकोटाले रोजगारीको खातिर पनि आफ्नो खेल मार्फत यस किसिमको उपलब्धि हाशिल गर्न सहयोग गर्न हुने क्लब पदाधिकारी तथा सहयोगी अनि सफल खेलाडीको उच्च प्रशंसा गर्दै आगामी दिनमा आफ्नो र सस्थाको सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्नु भयो भने क्लब कोषाधक्ष तथा संस्थापक श्री परशुराम घिमिरेले यहा सम्म आइपुग्दा गर्नुपरेको मिहिनेत तथा संघर्षको बारेमा बताउदै भोलिको दिनमा अझै सबै क्षेत्रबाट सहयोगको अपेक्षा राख्नु भएको थियो । त्यस्तै कार्यक्रमका अन्य बक्ताहरु एकेन्द्र बहादुर थापा, आशिष पुरुष, कुण्डल सिंह, इश्वर घामल, राजेश थिङ्ग, हिरा लाल श्रेष्ठ, श्याम गुरुङ, मदन अधिकारी, सुष्मिता निरौला, प्रविन काजि श्रेष्ठ लगायत धेरै खेलसंग आबद्ध ब्यक्तिहरुले समेत छोटो मन्तब्य राख्दै सबैको अगाडी यसप्रकारको सामुहिक खुसि बाड्न पएकोमा धेरै हौसला बढेको बताए । क्लबका संस्थापक तथा बरिष्ट प्रशिक्षक रेफ्री रबि शाहीले आफ्नो अनि समुहको खुल्ला हृदयले सम्पूर्ण खेललाइ समेटेर अझै सशक्त रुपमा नेपाली हरुको उपस्थती गराउने प्रयास भएको कुरा राख्दै कुनै राजनीतिक वा निहित स्वार्थ त्यागेर साझा नेपाली संस्थाको परिकल्पन गरेको भन्दै यो एकतानै सफलताको मुख्य सम्बाहक रहेको समेत बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि टन्डनले सम्पूर्ण सफलता हाशिल गर्नु हुने खेलाडी हरुलाई बधाई दिदै कल्बले सम्पूर्ण खेलहरुलाई एउतै छातामा अबद्दा गर्दै लैजाने कोशिस गरेकोमा खुलेरै प्रसंसा गर्नु भएको थियो । कार्यक्रमका सभापति तथा क्लबका का. वा अधक्ष्य श्री पबित्र भण्डारी ज्युले आफ्नो मन्तब्य राख्नु हुदै कार्यक्रमको बिसर्जन गर्नु भयको थियो ।

सम्मानित खेलाडी बिबरण निम्न अनुसार:-
कराते खेलाडी हरु
किन्जेल श्रेष्ठ – कोमोते- प्रथम स्थान र काता तृती
कुमार भुषाल – कोमोते प्रथम स्थान संगै बोडोकन कप २०१७ बिशिस्ट खेलाडी ७ जनाको बिचको प्रतिष्प्रधा बाट यस बर्षको सर्बोकृस्ट कप ( Champion of champion-2017) बिजेता
बिपिन श्रेठ – कोमोते प्रथम स्थान र बिशिस्ट खेलाडी तृतीय
बिजय तामाङ – कोमोते प्रथम स्थान
लक्षमण मगर – कोमोते दितीय स्थान
बिनोद राई – दितीय स्थान
दिनेश सिंह ऐर :- कोमोते तृतीय स्थान
मिनराज चौधरी – तृतीय
पुस्प न्यौपाने – कोमोते प्रथम स्थान
राम बहादुर लामा – तृतीय स्थान
उत्तम गुरुङ – प्रथम स्थान ( जे के एस कप )

भलिबल खेलाडीहरु:- अन्तरास्ट्रिय तथा रास्ट्रिय

कुन्दल बहादुर सिंह
श्याम गुरुङ
प्रेम भण्डारी
इश्वर घामल
प्रताप खवास
प्रेम शाही
राज चौधरी
खुसि चौधरी
बिष्णु पन्त
नरेश चन्द
ज्ञान मल्ल
डायमण्ड बस्नेत
झोंम थापा

जुडो खेलाडी:कमल तामांग
शारीरिक सुगठन: तुल बहादुर श्रेष्ठ
क्रिकेट खेलाडी: अंकित श्रेष्ठ
एथलेटिक्स खेलाडी :-रिवाज न्यौपाने

रेफ्री तथा प्रशिक्षक र ब्यबस्थापन:रबि शाही बरिष्ट रेफ्री ( एशियन गोजुरिउ कराते रेफ्री काउन्शिल सदस्य सचिव),
रेफ्री प्रेम श्रेष्ठ, बिशाल मगर, शुस्मिता निरौला

प्रशिक्षक पूर्ण भक्त लामा, पर्शुराम घिमिरे, फई लामा, राजेश थिङ्ग
क्लब उपाधक्ष्य पबित्र भण्डारी

बरिष्ट सल्लाहकार शालिक सुबेदी सल्लाहकार हरु प्रविन काजी श्रेष्ठ – प्रशिक्षक जुडो, हिरा लाल श्रेष्ठ
अफिसियल भानुभक्त पौडेल, मदन अधिकारी, योगी सिंह, शिव कुमार बास्तोला

प्रायोजक
१. कुक कनेक्ट
२. यक एंड येती गहना पसल- बुरदुबाई
३ . एभेरेस्ट एड्भाटैजिंग एल एल सी
४ श्री संजय पाण्डे
५. श्री हरि अधिकारी
६. श्री हरि के सी
७. श्री अरमदा ट्राभल्स

Leave a Reply

Your email address will not be published.