युएइमा नेपाली खेलाडीहरु सम्मानित

दुबई युएई – जे के एस कप २०१७ अल वसल क्लब दुबईमा नेपाल को प्रतिनिधत्व गर्दै आएका खेलाडी हरु गत शुक्रबार सम्मानित भएका छन |
 सारा नेपाली एकजुट हुदै हाम्रा खेलाडीहरुको मनोबल उच्च तथा उनीहरुको व्यक्तिगत आर्थिक समस्यालाईपनि मध्यनजर गर्दै आगामी दिनमा अझै अघी बढ्ने वातावरण बनाउने हामी नेपालीको कर्तब्य हो | यसै अनुरुप गत शुक्रबार एभेरस्ट इन्टरनेश्नल होटेल बुरदुबाईमा संम्पन्न नेपालीहरुको अग्रज संस्था नेपाली समाज यू ए ई ले आफ्नो बार्षिक पार्षद भेलाको अबसरमा उक्त खेलमा सफल हुनु हुने सम्पूर्ण खेलाडीहरु साथै यससफलतालाई पूर्णता गराउनु उत्तिकै भूमिका खेल्नु हुने प्रशिक्षक तथा अफिसियल हरुलाई कदर पत्र संगै खादा ओडायारा सम्मान गर्दै उक्त संस्थाका वर्तमान अधक्ष्य, महासचिव अनि खेल संयोजक क्रमस श्री चन्द्र प्रकास सापकोटा, मरी भुर्तेल ज्यु हरुले खेलाडी तथा टिम लाई सम्मान संगै अझै भोलिको दिनमा संस्थाले सक्दो सहयोग गर्दै जाने बताए|
उक्त अवसरमा बरिस्ट प्रशिक्षक तथा खेलाडी रवी शाहीले उक्त सम्मानको प्रसंसा गर्दै  हाम्रा खेलाडीहरुलाई अझै आगामी दिनहरुमा आबस्यक आर्थिक तथा ब्यबहारिक सहयोगको खाचो औंलाउदै सम्पूर्ण नेपालीहरुको हौसलाले खेलाडीहरुलाई मनोबल बढ्ने बताए |
उक्त सम्मानमा उपस्थित खेलाडी हरु उत्तम गुरुङ, बिजय तामांग, पुष्प न्यौपाने, साना खेलाडीहरु क्रिन्जाला श्रेष्ठ र मिलन बुढा मगर साथमा अफिसियल-कोच रबि शाही, बिशाल मगर, प्रेम श्रेष्ठ, परशुराम घिमिरे, भानु पौडेल र हिरालाल श्रेष्ठको उपस्थिति रहेको थियो |

Leave a Reply

Your email address will not be published.