नेपाली समाज युएईद्वारा फुटबल खेलाडीलाइ सम्मान

प्रबासी अनलाईन, युएई – युएईमा रहेका नेपाली हरूको सबै भन्दा पुरानो सस्था नेपाली समाज युएइले फुटबल खेलाडी हरुलाई सम्मान गरेको छ।
एएफसी यू २३ च्याम्पियनसिप छनोट चरणको खेलमा युएईको अलएन सहर आएका नेपाली फुटबल टिम लाइ गत मंगलबार अलएनमा सम्मान गरिएको हो।
नेपाली समाज युएईका संयोजक तथा नेपाल बिश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकालको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाल बाट आएका करिब २ दर्जन खेलाडी हरुलाई सम्मान गरिएको थियो।
नेपाली टिमका प्रशिक्षक राजु काजि शाक्यले नेपाली समाज लगायत युएईमा सक्रिय संघ सस्था तथा ब्यबसाईहरुले यहाका क्लब हरु संग समन्वय गरेर मैत्री पूर्णखेल खेल्न बनाइदिन आग्रह गर्दै आगामी दिनमा टिमलाइ अझ बलियो बनाउदै उत्कृष्ट खेल पस्कने प्रतिबद्धता ब्यक्त गर्दै युएईमा रहेका नेपालीहरुको उपस्थतीले खेलाडी हरुको हौसला बढेको बताए।
खेलाडी हरुको मनोबल उच्च बनाउने उद्धेश्यले आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा हामि नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य, नेपाली समाज युएइका निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाली सोसियल क्लबका अध्यक्ष शालिक सुबेदी, समाजसेवी मनोज गोर्खाली, गोर्खा सेवा समाज युएइका अध्यक्ष बिनोद श्रेष्ठ लगायत अन्य संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हामि नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्यले लामो प्रयास पछि युएइमा एउटा नेपाली एसोसिएसन दर्ता गर्न सफल भएको र आगामी दिनमा नेपाली खेलाडी हरुलाई युएईमा आएर यहाँ रहेका फूटबल क्लब हरुसंघ मैत्रीपूर्ण खेलको आयोजना गर्ने प्रतिबद्धता गर्दै सम्पूर्ण खेलाडीहरुलाई सहयोग स्वरूप प्रति व्यक्ति रु १०, ००० प्रदान गरेका थिए ।
सोहि अवसरमा तामांग समाज युएई र मितेरी समाज युएइले पनि खेलाडी हरुलाई सम्मान गरेका थिए ।
एन आर एन युएई र एभेरेस्ट तेक्वान्दो तथा मार्सल आर्ट क्लब युएई द्वारा पनि सम्मान कार्यक्रम
एन आर एन युएई र एभेरेस्ट तेक्वान्दो तथा मार्सल आर्ट क्लब युएईले पनि संयुक्त रूपमा बिहिबार बिहान बरदुबईको एक होटेलमा खेलाडी हरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published.