युएइमा नेपाली कराते खेलाडीको सफलता

दुबई २२ अप्रिल। युएइमा कार्यरत नेपालीहरुले गत सुक्रबार अल वसल क्लब दुबईमा भएको कराते प्रतियोगितामा एभरेष्ट नेपाली कराते कल्बबाट चार जना नेपाली मैदानमा सहभागीता भै सफल भएका छन । अल वसल स्टेडियम दुबईमा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीप ( जेकेएसकप ) अन्तर्गत विजय तामाङ्गले ६५ किलो तोल समुहमा स्वर्ण पदक जितेका छन यसै गरी ५५ किलो तौल समुहमा अन्तर्गत उत्तम गुरुङ्गले स्वर्ण तथा पुष्प न्यौपानले रजत पदक हात पारे भने ७५ किलोमा कुमार भुसाल ले कास्यपदक जितेका थिए।
भिपी क्लबका टिम प्रमुख पबित्र भण्डारी रहेका थिए भने अफीसीयलमा परशुराम घिमिरे र हिरा लाल श्रेष्ठ र पुर्ण लामा रहेका थिए । बिसाल थापा रेफ्रि थिए ।

युएइ करातेका प्राबीधीक निर्देशक तथा डब्लुकेएफ प्राबधीक कमिटी सदस्य मोहम्मद अब्बाससंग प्रशिक्षक रबी शाही र अन्य करातेकर्मी को सहभागीता रहेको थियो।

One Response to "युएइमा नेपाली कराते खेलाडीको सफलता"

  1. RAJU MAGAR   April 24, 2017 at 1:31 pm

    CONGRATS BRO AND THANKS FOR THE YOU DID THE BEST .

    Reply

Leave a Reply

Your email address will not be published.