नेपालद्वारा केन्या ६ विकेटले पराजित

नेपालद्वारा केन्या ६ विकेटले पराजित

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको खेलको अघि खेलिएको दोश्रो अभ्यास खेलमा आज नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ। यस अघि पहिलो अभ्यास खेलमा शुक्रबार नेपालले अमेरिकासंग ५ विकेटको पराजय बेहोरेको थियो।
नर्सरी ओभल मैदान अबु धाबी मा टस जितेर नेपालले केन्यालाई पहिले ब्याटिंगको निम्तो दिएको थियो।केन्याले ३२.२ ओभरमा ११० रनमै सबै विकेट गुमाएपछि नेपालले १११ रनको लक्ष ४ विकेट गुमाई १९.५ ओभरमै भेटाएको हो।
पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामि र बिनोद भण्डारी आजको खेल नखेले पनि नेपाल ले जीत हासिल गरेको छ ।
नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंग ६ र ८ डिसेम्बरमा सातौँ चरणको खेलहरु खेल्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published.