रबिन सुब्बा (फत्र) को “नसोध् मलाई” म्युजिक भिडीयो सार्बजानीक

भरत बुढाथोकी /युएई-नेपाली साङ्केतिक दुनियामा नारायण गोपाल देखि रामकृण ढकाल को सुमधुर आवाजको बिकल्प मा मान्नसकिने सुमधुर स्वरका धनी गायक रबिन सुब्बा (फत्र) ले “वल्लो खोलो पल्लो खोलो* रिमिक्स भर्सन को अपाहार सफलता पछी हालसालै आफ्नै स्वर मा रहेको # नसोध् मलाई# बोलको आधुनिक गितको म्युजिक भिडियो बजार मा ल्याएका छन।
पुर्बेली गायक रबिन को जन्म र युवाअबस्था झापाको धरमपुरमा बितेको थियो।गित सङ्गीत मा सानै देखि स्थानिय तह मा तहल्का मच्चाउने रबीन अन्तत आफ्नो पढाइ , पेसा र रुचीलाइ एकैपल्ट समेटेर अघी बढ्नु पर्ने चुनौती लाई स्विकार्दै परिवार सहित झापाकै दमक मा परिवार सहित बसोबास गरिरहेका छन।हुन त विभिन्न राष्ट्रिय गायन प्रतिशप्रधा हरुमा प्रथम स्थान नै हासिल गर्ने गरेका रबिन ले परिवार र पेशा लाइ समेटने क्रममा आफ्नो रुचीलाइ केही समयको लागि निरन्तरता दिन भने नसकेकै बताउछन रबीन।परिवारको जेठो छोरो र आर्थिक अबस्थाको कारण रबिन ले साउदीअरब लाई आफ्नो कर्मथलो बनाएका छन।साथै त्यही बाटै उनी गायन क्षेत्रमा बिश्व मा रहेका नेपाली हरु माझ पुग्न सफल भइरहेका छन।ऊनका गितहरु युटुभ मा प्रसस्त हेर्न सकीन्छ।
गितसङ्गित को अलवा सामाजिक सेवामा पनि उत्तिकै रुची राख्ने र सहयोग गर्ने रबीन साउदी अरब मा रहेका हरेक सङ्घ सस्था हरुका कार्यक्रम मा आफ्नो सुरिलो स्वरले प्रभाषमा रहेका दाजुभाइ दिदीबहिनी हरुलाइ मन्त्र मुग्ध बनाइरहेका हुन्छन।
हालसालै बजार मा आएको म्युजिक भिडीयो को अडियो रेकर्ड आफ्नो बार्षिक छुट्टि मा आउदा एकबर्ष अगाडी नै नेपाल मै गराएका र उक्त गित निकै चर्चामा पनि आएको छ।यश गितका रचनाकार श्री राम अधिकारी ,स्वर रबिन सुब्बा (फत्र),सङ्गीत हरि लम्साल ,भिडियो निर्देशन जसु याख्खा रहेका छन भने भिडियो मा हरी बस्नेत र सुबास्ना आचार्या को अभिनय रहेको छ।
परिवार, पेशा र रुचि लाई चुनैतिका साथ प्रभाषबाटै गन्तव्य पछ्याउँदै गरेका गायक रबिन ले आफुलाइ स्रोता हरुले माया गरेको कारण अबका दिनमा पारिवारिक जिम्मेवारी र गायन क्षेत्रलाइ पनी निरन्तरता दिने बताएका छन। “सबैमा जानकारी होस कि गायक रबिन कुशल गायक मात्र हैनन् उनी एक कुशल अटो मेकानिक पनि हुन।जो साउदीमा कर्मथलो बनाएर साङ्केतिक दुनियामा फड्को मारीरहेका छन।

Leave a Reply

Your email address will not be published.