दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड – यूएईमा रहेका नेपाली कलाकार हरुलाइ समेट्ने

दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड – यूएईमा रहेका  नेपाली कलाकार हरुलाइ समेट्ने

गोविन्द ढकाल – ०१ नोभेम्बर २०१७, यूएई-प्रथम नेपाली म्यूजिक भिडियो अवार्डको अपार सफलता पछि अब, फेरि ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड – २०७४’ संगीक्ष्या फिल्मस् र नमस्ते ट्राभल्सले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । डिसेम्बर १ तारिख अबुधाबीको ‘फक्लोर थिएटर हल’मा उक्त कार्यक्रम हुँदैछ । सोहि हलमा पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड – २०७३’ पनि भव्य रुपमा सम्पन्न भएको थियो ।
गत बर्षको भन्दा केहि फरक किसिमले आयोजना हुन लागेको उक्त अवार्ड कार्यक्रम स्टेजलाइ फरक शैलीले तयार पार्ने र स्टेज प्रस्तुतीको लागि छुट्टै कलाकारहरुको बेबस्था गरिएको कुरा नमस्ते ट्राभल्सका प्रबन्ध निर्देशक एकेन्द्र थापाले जानकारी दिए। उक्त अवार्ड कार्यक्रममा पहिलो भन्दा अलि फरक सैली मा हुने भएको छ। उक्त अवार्ड कार्यक्रममा नेपाल बाट करिब ४५-५० जाना कलाकार , पत्रकार सहित आयोजक टोलि को उपस्तिथी रहने कुरा आयोजकले बताए।
गत वर्षको म्युजिक भिडियो अवार्डमा यूएईमा कार्यरत कलाकारहरुको प्रतिक्रियालाइ मध्ये नजर गर्दै यस पटक यूएईमा कार्यरत कलाकारहरु बाट उत्पादित म्युजिक भिडियो निर्माता तथा कलाकार हरुलाई पनि समेटिने र यूएई बाट उत्पादित म्युजिक भिडियो तथा कलाकारहरुको नोमिनेसनको लागि यूएईमा ०२ नोभेम्बर २०१७ का दिन पत्रकार सम्मेलन गरि आव्हान गरिने आयोजकले बताए।
राष्टिय स्थरका अवार्ड वितरण कार्यक्रम यू ए ई मा हुने हुदा यहाँ रहेर नेपाली कलाकारिताको जगेर्ना गर्ने कलाकार हरु लाइ पनि स्थान दिनु पर्छ भन्दै आयोजक टिमले विभिन्न विधाहरु मा नोमिनेसनको लागि आबेदन फर्म भर्नको लागि लागि बर दुवै स्तिथ नमस्ते ट्राभेल मा १ नोभेम्बर देखि १० नोभेम्बर २०१७ सम्म दर्ता गर्न सकिने कुरा आयोजकले जानाकारी गराए। नोमिनेसन दर्ताको लागि ५० दिराम शुल्क लाग्नेछ भने निम्न लिखित विधा हरु मा नोमिनेसन खुल्ला भएको छ।
उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष / महिला – १ /१ जना
उत्कृष्ट म्युजिक भिडियो गायक /गायिका -पुरुष / महिला – १ /१ जना
उत्कृष्ट म्युजिक भिडियो निर्देशक – १ जना
उत्कृष्ट म्युजिक भिडियो लिरिक्स – १ जना

नोमिनेसनको लागि आबेदन दिनु भएका माथिका विधाहरु लाइ निस्पक्ष्य रुपमा छनोट गर्नको लागि यु ए इ मा विभिन्न क्षेत्र मा सक्रिय ब्येक्तित्योहरु चन्द्र प्रसाद सापकोटा, शालिक सुबेदी, रमेश श्रेष्ठ, गोपाल कंडेल, निमेष गिरि, दल बिर सिंह घरायाली तथा कलाकार गोपी कृष्ण पंगेनी लाइ जुरी सदश्यमा समाबेस गरिएको कुरा आयोजकले बताए।

Leave a Reply

Your email address will not be published.