मितेरी समाज कतार गठन : समाजको अध्यक्षमा लक्ष्मीप्रसाद तिमिल्सिना

मितेरी समाज कतार गठन : समाजको अध्यक्षमा लक्ष्मीप्रसाद तिमिल्सिना

१३ माघ, कतार -सामाजिक सेवा प्रति बफादार रहेको प्रबासी संगठन मितेरी समाज शाखा कतार गठन भएको छ । मितेरी समाजलाई बिश्व संजाल संस्थाको रुपमा विस्तार गर्ने अभियानमा जुट्नु भएका समाजसेवी व्यक्तित्व प्रेम रिजालको बिशेष पहलमा मितेरी समाज कतार गठन भएको हो ।
यहि सुक्रबार १२ गते मितेरी समाज अभियन्ता प्रेम राज रिजालको सभापतित्वको भेलाले मितेरी समाज कतारको अध्यक्षमा लक्ष्मीप्रसाद तिमल्सिना सर्बसहमतिमा चैन हुनुभएको छ । नेपाली आँगन रेस्टुरेन्ट कतारको हलमा भएको पहिलो भेलाले १३ जनाको कार्यसमति चैन गरेको छ ।
मितेरी समाज कतारको उपाध्यक्षमा चेत प्रसाद सिद्गेल, सचिवमा चुडामणि आचार्य, सह-सचिवमा रुप नारायण नेपाली, कोषाध्यक्षमा बिष्णु प्रसाद देवकोटा, सह-कोषाध्यक्षमा झलक बहादुर क्षेत्री र सदस्यहरुमा मुकुन्द सुबेदी, मोति बहादुर क्षेत्री, धनसिंग गुरुङ, लक्ष्मी हमाल, सुरेश रिजाल, नारायण बस्तकोटी रहनु भएको छ ।
समाजको सल्लाहकारमा प्रकाश गिरि, गौतम रिजाल, विजय कुमार मगर गरि ३ जनाको सल्लाहकार समिति रहेको छ भने प्रेम राज रिजाल मितेरी समाज कतारको संस्थापक संरक्षकमा रहनु भएको छ ।
नत कुनै जाति विशेष, नत कुनै क्षेत्र वा जिल्ला विशेष, नत कुनै राजनितिक बिशेष, सवै अट्ने र नितान्त सामाज सेवा उद्देश्य बोकेको मितेरी समाजका संरक्षक प्रेम रिजाल बताउदै मितेरी समाज संस्थालाई विश्वभरी फैलाउने अभियानमा हुनुहुन्छ ।
रिजाल यस अघि युएईमा बस्दा उहाँकै पहलमा मितेरी समाज युएइ गठन भएको थियो र मितेरी समाज युएईको संस्थापक तथा संरक्षक भएर लामो समय युएइमा बस्नु भएको थियो । यस संस्थालाई विभिन्न देशमा बिस्तार गर्नको लागि प्रेम रिजालले बिशेष पहल गरिरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.