कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो सार्बजानिक

कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो सार्बजानिक

उत्तम बिक दुबई-सांगीतिक क्षेत्रमा उदाउदै गरेका कलाकार ओम उप्रेतीको मेरो मुटु बोलको म्युजीक भिडियो हालसालै मात्र मालती डिजिटल फिल्म प्रा.लि. मार्फत बजारमा आएको छ ।
चर्चित नायिका तथा हट डान्सरको रुपमा परिचित रिया श्रेष्ठ र ओम उप्रतीको अभिनय रहेको उक्त म्युजीक भिडियोमा कमेडी कलाकारको रुपमा चर्चित कलाकार ईन्द्र सिन्चुरीको समेत छोटो अभिनय रहेको छ ।
निर्देशक राजेश लामाले निर्देशन गरेको मेरो मुटुमा प्रगतिशील कलाकार संघ युएईका उपाध्यक्ष तथा नव गायक प्रबेग दोङको स्वर तथा संगित रहेको छ । दिपेश प्रधानको एरेञ्जर रहेको लोक आधुनिक गिती एल्बम मेरो मुटुमा रोहित बिक्रम कार्कीको छयाङ्कण रहेको छ ।
युएईको रमनिय शहर दुबईको बिभिन्न ठाउँहरुमा सुटिङ गरिएको मेरो मुटुको दृष्य निर्माण ओम शिव फिल्म प्रा.लि. को रहेको छ । अमर शाक्यद्धारा सम्पादन गरिएको उक्त मेरो मुटु बोलको गितको शब्द रचना भने कान्छामान गोलेले गरेका छन । निकै राम्रो स्वर तथा संगित र अभिनय रहेको म्युजीक भिडियो हेरेर नेपाली कला संस्कृतिलाई माया गरिदिनको लागी कलाकार तथा म्युजीक भिडियोका नायक ओम उप्रेतीले सबैलाई आग्रह समेत गरेका छन् ।

बाकि भिडियो बाट……..

Leave a Reply

Your email address will not be published.