“मेरो मनभरी माया छ” को छायांकन सम्पन्न

“मेरो मनभरी माया छ” को छायांकन सम्पन्न

डिल्ली हुमागाइ ,युएई, – गीता माझीको अभिनय रहेको म्युजिक भिडियो “मेरो मनभरी माया छ” को छायांकन सम्पन्न भएको छ । सरोज अधिकारीले निर्देशन गरेको उक्त गीतको भिडियोमा चिरन अधिकारी र गीताको अभिनय रहेको छ ।तिलक रिजालको छायांकन रहेको भिडियोमा ड्रोन अपरेटरको रुपमा सन्देश मोटे रहेका छन् । गितमा गीतमा सरोज चेम्जोङको संगीत ,नरेश लिंग्देनको शब्द र सुनिता थेगिम र स्वयम लिंग्देनको आवाज रहेको रहेको छ । म्युजिक भिडियो झापाको विभिन्न स्थानमा छायांकन गरिएको छ । भिडियो चाँडै नै युट्युबमार्फत सार्वंजनिक गरिने निर्देशक अधिकारीले बताए । गिताले भने यो म्युजिक भिडियोबाट डेब्यु गर्देछिन् ।

Leave a Reply

Your email address will not be published.