नेपाल आइडलकी मेनुका पौडेलको आवाज तथा अमित सापकोटाको निर्देशनमा

नेपाल आइडलकी मेनुका पौडेलको आवाज तथा अमित सापकोटाको निर्देशनमा

प्रवासी अनलाईन , केहि समय अघि “ऊहि खोलिमा पानी” बोलको गीत बजारमा ल्याएर दर्शक श्रोताको अत्यधिक माया पाएका चर्चित सर्जक केशब पौडेल ( हाल जापान ) ले पुन दर्शक श्रोताको मन छूने देश प्रेमी गीत “तराई मा धान झूल्दा..” नामक गीत लिएर आऊने भएका छन् । गत हप्ता जापानको योकहामा स्थित एक खोलाको किनारमा उक्त गीतको छायांकन कार्य सम्पन्न भएको सर्जक पौडेलले जानकारी दिए । गीत को निर्देशन भने जापान बाट सांगितिक यात्रा सुरु गरेका गायक अमित सापकोटाले गरेका छन् साथमा क्यामेरामा अर्जुन गौतमले काम गरेका छन् । गीतको भीडियोमा केशब पौडेल , पूजा पौडेल , अमित सापकोटा , राम खड़का , नांसु पाण्डे , ज्ञानु भाई ज्ञानेंद्र , सरू बिष्ट , एस. के शर्मा , गोबिंन्द कंडेल लगायतका कलाकारको अभिनय रहेको छ। गीतमा नेपाल आइडलकी कोईलीको उपनामले चर्चाको शिखरमा रहेकि गायिका मेनूका पौडेल र चर्चित संगीतकार तथा गायक श्री कृष्णबम मल्ल को श्वर रहेको र संगीत चर्चित संगीतकार रामकृष्ण बम मल्लको रहेको छ । गीतको सबै काम सकेर केहि समय मैं गीत बजारमा ल्याउने सर्जक केशब पौडेल बताउछन ।

Leave a Reply

Your email address will not be published.