किन पदक बेच्दै छन डाक्टर महावीर पुन ?

शेखर चापागाई, प्रबासी अनलाईन – विश्व प्रसिद्ध म्यागसेसे अवार्ड बिजेता महाबिर पुनले आफ्नो सम्पूर्ण पदक तथा अवार्ड हरुलाई बिक्रीमा राखेका छन् ।
राष्ट्रिय आविस्कार केन्द्र निर्माणको लागि सरकारले कुनै सहयोग नगरे पछी आफुले जिबन भर पाएका राष्ट्रिय अन्तराष्ट्रिय पदक तथा पुरस्कारहरु बिक्रिमा राखेका हुन् ।
पदक तथा अवार्ड हरुको बिक्रिबाट आएको रकमले राष्ट्रिय आविस्कार केन्द्र निर्माणमा लागाउने ड़ा. महाबिर पुन बताउछन। बिगत चार बर्ष देखि नेपाल सरकारका प्रधानमन्त्रि, बिज्ञान प्रबिधि मन्त्रि सम्मलाई बिन्ति गर्दा पनि कुनै सहयोग नभए पछी पुनले देश बिदेशमा रहेका परोपकारी नेपाली मनहरुको सहयोग लिदै आएका छन् ।
को हुन् महाबिर पुन ?
म्याग्दी जिल्लाको राम्चे गा‍‌विस अर्न्तगत वडा न २ नाङ्गी गाउँमा जन्मेका महावीर पुन नेपालको ग्रामीण भेकमा सूचना प्रविधि पुर्या उने समाजसेवी हुन् । यिनले सन् २००७ को म्याग्सेसे पुरस्कार प्राप्त गरेका थिए। पुनले निजी खर्चमा म्याग्दी जिल्लाका विभिन्न दुर्गम गाउँहरूमा वायरलेस प्रविधिको इन्टरनेट र इमेलको पहुँच पुर्यािएका छन्।
कति लाग्छ खर्छ राष्ट्रिय आविस्कार केन्द्रको लागि?
राष्ट्रीय आविस्कार केन्द्र स्थापना गर्नको लागि प्रारम्भिक खर्छ लगभग २५ करोड लाग्ने र बार्षिक खर्च २० देखि २५ करोडको हाराहारीमा लाग्ने पुन बताउछन।
के हुन्छ त् आविस्कार केन्द बाट ?
राष्ट्रिय आविस्कार केन्द्रले बिज्ञान तथा प्रबिधि क्षेत्रमा अनुसंधान्त्मक कार्यको लागि ठुलो भूमिका खेल्ने छ । डा. पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले मेडिकल ड्रोनको आविस्कारको बिसेष थालनी गरेको छ। मेडिकल ड्रोन औषधि ढुवानीमा सहयोग पुर्याेउने स्वचालित मानवरहित उपकरण हो। यस्तो ड्रोनले स-सानो परिमाणमा औषधि ओसारपसारमा सहयोग पुर्याउउँछ। प्रारम्भिक चरणमा १० देखि १५ किलोमिटर उडान भर्न सक्ने ड्रोन बनाउने डा. पुन बताउछन।
राष्ट्रिय आविस्कार केन्द्र निर्माणको लागि आफ्नो सम्पूर्ण सम्पति लगाई सकेका यस्ता अभियानकर्ता लाई युएईमा रहेका नेपालीहरु सहयोग गर्नु पर्छ भनेर जुर्मुराएका छन । उनको यो महान कार्यको सहयोगार्थ यहाँ रहेका सम्पूर्ण संघ संस्था, समाजसेवी, ब्यापारी लगायतका परोपकारी मनहरु एकबद्ध भएर लाग्ने हो भने ठुलो सहयोग पुग्न सक्छ ।

के यो महान कार्यमा तपाई सहभागी बन्नु हुन्छ त ??

Leave a Reply

Your email address will not be published.