दुबईमा ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ २०१७ मनाइने

दुबईमा ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ २०१७ मनाइने

दुबई युएई –   मगर संघ युएइले दुबईमा ३६ अौ मगर दिवस तथा लांघाली सांस्कृतिक सांझ २०१७ मनाउने भएको छ ।
दुबई सहरको अलकुजमा अवस्थित डुलस्को कम्पनीको हलमा दिनको दिउँसो २:०० बजे।ग्रान्ड सिटि मलको पछाडि पट्टी धुमधामका साथ मनाउने भएको जानकारी । आयोजक समितिका सदस्य फलेन्द्र बलम्पाकी मगरले दिनुभएको छ। विगत लामो समय देखी आफ्नो परम्परा , धर्म र संस्कृति लाई जगेर्ना गर्ने उद्देश्य सहित देश तथा बिदेश मा रहेका आम मगर हरु लाई एउटै सुत्रधारमा बाध्ने लक्ष्य सहित हरेक वर्ष विभिन्न देशहरूमा स्थापना भएका मगर संघ ले प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति दिवस र मगर दिवस एकैसाथ भब्यताका साथ मनाउदै आएका छन। यस वर्ष पनि त्यहीँ निरन्तरता लाई कायम स्वरुप नेपाल बाट अतिथि कलाकारको रूपमा । चर्चित लोक दोहोरी गायक प्रसाद खप्तरि मगर , डान्सर सुजता आले मगर र पप गायिका माया पुन मगरको बेजोड प्रस्तुति रहनेछ। साथमा स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहनेछन । साथै मगर समुदायको मौलिक तथा सांस्कृतिक भेष -भुषाा झल्किने गीत- संगित साथमा कौरा , सालैजो, हुर्रा र आधुनिक गीत संगीतका नाचगान हरुको साथै विविध मनोरञ्जनात्मक प्रस्तुति रहनेछ ।
यसै कार्यक्रममा भाग्यशाली चिट्ठा को पनि वयवस्था गरिएको छ। सातै वटा इमिरेट्स मा छरिएर बस्नु भएका आम मगर र गैर मगर हरुका लागी । कार्यक्रममा आउन जानको लागि हरेक क्षेत्र का क्षेत्रीय समितिले यातायातको व्यवस्थापन पनि गरेका छन। नेपाल मगर संघ शाखा , युएईका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सिला राना मगरले। कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published.