दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन

दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन

लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । गत २३ मार्च शुक्रबारका दिन युएईको मुटु मानिने दुबई सहरमा नेपालीहरुको धेरै चहल पहल तथा मुख्य रुपमा जमघट हुने बर दुबईस्थित नेपालीको प्रत्येक्ष लगानीमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन भएको छ । उक्त गेष्ट हाउस नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव कृष्ण अर्याल, डा. दिनेश आचार्य, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र सोही गेष्ट हाउसका स्पोन्सर अहमद अब्डुल्ला अहमद अल्मुल्लाले रिवन काटेर गरेको हो ।
पछिल्लो समयमा नेपाली व्यवसायहरु मौलाउंदै गएता पनि नेपाली गेष्ट हाउस भने पहिलो नै पर्न गएको छ । नेपाली लगानीकर्ताहरु अन्य व्यवसायमा भन्दा रेष्टुरेण्ट व्यवसाय क्षेत्रमा निकै हानिएको देखिन्छ । बर दुबईमा मात्र हाल ११ वटा अन्य नेपाली रेष्टुरेण्टहरु संचालनमा रहेको छ भने यस गेष्ट हाउसको संचालनले अझै नयां आयाम थपिने आशा गरिएको छ । त्यसैगरी रेष्टुरेण्टपछि ट्राभल्स व्यवसायले पनि बजार लिएको पाईन्छ । समग्रमा हेर्ने हो भने रेष्टुरेण्ट व्यवसायको भविश्य फराकिलो देखिन्छ ।
नेपाली, इण्डियन, चाईनिज र कोन्टिनेन्टल विभिन्न परिकारका स्वादसंगै हुक्का (शिशा) का साथ अति नै सुविधा र आरामदायी बसोबासका लागि ११ वटा रुमको बिशेष व्यबस्था भएकाले नेपाली ग्राहक मात्र नभएर अन्य बिदेशी पाहुनाहरुको आगमन रहने जानकारीमा आएको छ । प्रवासमै भए पनि बिदेशीहरुले नेपाली परिभेषमा रम्न र रमाउनका लागि छुट्टै किसिमको अनुभव बटुल्न सक्ने छन् ।
सो उद्घाटन समारोहमा पन्चे बाजाले सुनमा सुगन्ध मात्र थपेन, सबैलाई नचाएर नै छाडे । दर्शकको रुपमा भेला भएका सबैले गेष्ट हाउसको धेरै जनचासो लिएको अनुभव गर्न सकिन्थ्यो । आउने पाहुनाहरुलाई सेवा र सत्कारका साथ क्वान्टिटी भन्दा पनि क्वालिटी दिने गेष्ट हाउसका मैनेजर भोजराज खनालले बताएका छन् । आशा गरौ आफ्नै नेपालीको व्यवसाय फलोस्, फुलोस् र उन्नतीले शिखर चुमुन यहि शुभकामना छ ।

Leave a Reply

Your email address will not be published.