१६ करोडको गाडी खरिद गर्ने राष्ट्रपतिलाइ युएइमा रहेका एक युवाले लेखे पत्र

                            बिष्णु गैरे
गल्याङ नगरपालिका -१, मालुङ्गा स्याङ्जा
सचिव ,युएई नेपाली एकता समाज
केन्द्रीय सदस्य , स्याङ्जा सहयोग समाज युएई

सम्माननिय राष्ट्रपति ज्यु नमस्कार ! म राेजगारीकाे लागि बिदेशमा रहेको हुनाले देशमा घटेको घटनाहरुकाे बारेमा जानकारी लिन दैनिकरुपमा नै समाचार हरु हेरिरहने गर्दुछु ! सधै झै अाजपनी त्यसैगरी समाचार हरु नियाल्ने क्रममा मेरा अाखा एउटा समाचार शिर्षकमा पुगेर अडियो जुन समाचारकाे शिर्षक थियो ” राष्ट्रपतीलाई गाडि खरिदकाे लागि राष्ट्रपति कार्यालय द्वारा रु १६ कराेड माग !” याे समाचार शिर्षक देखेपछि मलाई पूरा समाचार पढ्न मननै लागेन बरु एक हिसाबले खुसि लाग्यो हाम्रो देशपनी बिश्वकाे उत्कृष्ट धनाड्य देशमा पुगेछ जस्ले राष्ट्रपतीकाे लागि मात्रै १६ कराेण काे गाडि किन्न सक्ने भएछ भने प्रधानमन्त्री र मन्त्रीहरुकाे लागि त अझै कति कराेण खर्च गर्ला ! तर एक हिसाबले दुख पनि लाग्यो किनभने यति धनाड्य देशको नागरिक म किन खाडीमा पसिना बगाउन अाए हुला ( १६ कराेडकाे गाडि किन्ने समाचार देख्दैमा देश धनी भएको सम्झनु मेराे मुर्खता मात्रै हाे ) ।
सम्माननिय राष्ट्रपति ज्यु , हुन त राष्ट्रपति भनेको राष्ट्रकाे अभिभावक हाे उस्काे लागि उस्ले चाहेका हरेक ईच्छा र चाहाना पूरा गर्नु राज्यकाे कर्तव्य हुन जाला ! तर हाम्रो जस्तो गरिब देशकाे राष्ट्रपतीलाई सवारीकाे लागि १६ कराेणकाे गाडि उपलब्ध गराउनु देशलाई रिणमा डुबाउनु हाे ! करिब अडाई बर्ष पहिले देशमा गएको महाभुकम्पकाे बिपतीबाट देशले अझै पनि मुक्ती पाउन सकेको छैन , पिडितहरु अझै पनि राहतको लागि सरकारकाे मुख ताकिरहेका छन , सरकारले राहत र पुर्ननिर्माण अझै पुराउन सकेकाे छैन ! देश अहिले बाढि पहिराेकाे चपेटामा परिरहेको छ तराई मदेशका नागरिक हरु बाढिकाे कारणले घरबार बिहिन भएका छन याे अबस्थामा राष्ट्रपतीकाे लागी गाडि खरिद गर्न साेर्ह कराेणकाे मागलाई कुन चाहिँ नेपालीले पचाउन सक्ला ?
२४० बर्ष देखिकाे राजतन्त्र हटाएर जनताकै छाेराछाेरी लाई देशको बागडाेर समाल्न दिनकाे लागि संघर्ष गरेका नेपाली जनाताले पक्कै पनि साेचेका थिएनन राष्ट्रपतीमा पनि राजामहाराजा कै झल्काे देखिनेछ !हाम्रो देशका करिब ५० लाख भन्दा बढि युवाहरु बिदेशमा पसिना बगाउन बाध्य छन , उनिहरुले पसिना बगाएर देशमा पठाएको रेमिटान्स ले नै हाम्रो देशको अर्थब्यबस्थामा सघाउ पुगेको छ भने ती नेपाली युवाहरूकाे मन कत्तिको छियाछिया भएको हाेला ? सम्माननिय राष्ट्रपति ज्यु , नेपाली नागरिकले ठुलाे संघर्ष गरेर ल्याएको याे शासन ब्यबस्थामा नै टेकेर हजुर अाज राष्ट्रपतीकाे अाशनमा पदाशिन हुनुहुन्छ तर कतै हजुरकै कारणले देशका जनताहरु याे ब्यबस्थाकाे पनि बिकल्प खाेज्ने अबस्थामा त पुग्दैनन ! अाशा छ गरिब जनताले तिरेको करबाट किनेको महङ्गो कार चढ्ने हजुरकाे चाहाना मा पक्कै पुर्नबिचार गर्नु हुनेछ र राष्ट्रपती र जनताको बिचकाे दुरि हट्ने छ ।

Leave a Reply

Your email address will not be published.