किराती सांस्कृतिक सम्पदा निर्माण सुरु

गणेश रार्इ –  ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँ पालिका, वडा नं ३ उँबु गाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक सम्पदा स्वालेवा चिन्डो को स्तम्व निर्माण सुरु भएको छ । मानेभञ्ज्याङ गाउँ पालिका का नव निर्वाचित गाउँ पालिका प्रमुख मोतीराज रार्इ र उप(प्रमुख सविता रार्इले संयुक्त रूपमा यसै साता उक्त स्तम्वको शिलान्यास गरेका हुन् ।
वाम्बुले रार्इ समाज नेपाल वाम्रासे संस्थाको पहल र नेपाल ललित कला प्रज्ञा(प्रतिष्ठानको मुर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्व निर्माण थालिएको हो । प्रतिस्ष्ठान मुर्तिकला विभाग प्रमुख प्राज्ञ धन बहादुर याक्खाको नेतृत्वमा सात सदस्यीय टोली मा( इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जीत थापा मगर र गणेश बाबु लगायत मुर्तिकारहरू संलग्न छन् ।
स्तम्व निर्माणका निम्ती साबिक उँबु गाउँ विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण रार्इ तथा उनका तीन दाजुहरूले आमा बुद्धि माया रार्इ र बुबा चौध बहादुर रार्इको सम्मान र सम्झनामा १ रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वालेवा स्तम्व निर्माण समितिका अध्यक्ष शुभ चन्द्र रार्इका अनुसार झन्डै ६० लाख रुपैयाँ को लागतमा यो स्तम्व निर्माण गर्न लागिएको हो । स्वालेवा स्तम्व निर्माण सङ्गै वरिपरि पर्खाल घेरा बार हुने छ र यसै परिसरमा वाम्बुले रार्इहरूको नमुना घर निर्माण गरी अन्य पहिचान जन्य सांस्कृतिक प्रतीकहरूको सङ्ग्रहालय निर्माण गरी तीन चुला तिर्थधाम को रूप तयार गरिने छ ।
यस सङ्ग्रहालय निर्माणको लगी वाम्रास संस्थाको अनुरोधमा देश विदेशमा रहेका नेपालीहरू बाट आर्थिक सहयोग जुटाउँदै आइएको छ भने, ओखलढुङ्गा जिल्ला क्षेत्र नं। २, पूर्वाधार विकास कोष बाट १० लाख रुपैयाँ प्राप्त भएको छ । सुरुमा स्तम्व निर्माणको लागी मात्र ३० लाख बजेट स्टिमिट गरिएको थियो भने अहिले निर्माण थालिए पछि सम्पूर्ण व्यवस्थापनको लागी दोबर भन्दा बढी रकम लाग्ने भएको छ ।
गाउँ पालिका प्रमुखमा निर्वाचित भए पछि पहिलो पटक आफ्नो समुदायको पहिचान स्तम्वको शिलान्यास गरेको कुरा नव निर्वाचित अध्यक्षले उल्लेख गर्दै जनताको भाषा, धर्म, संस्कार संस्कृति नै देशको सम्पाति भएको बताए । त्यसै गरि नव निर्वाचित उप(प्रमुख सविता रार्इले उँबु गाउँको अन्य विकास निर्माणका विषयलार्इ थाती राखेर स्वालेवा स्तम्व निर्माणलार्इ प्राथमिकता दिएको कुरा बताइन ।
यसै गरि प्राज्ञ याक्खाले ललित कला प्रज्ञा प्रतिष्ठानको मूल उद्देश्य सरकारको विभिन्न निकायले कुनै पनि ठाउँ र समुदायको विकास गरे सँगसँगै त्यहाँको कलाको विकास गर्नु रहेको बताए । स्वालेवा स्तम्भ निर्माण उप भोक्ता समितिका अध्यक्ष सौराज रार्इले सबै पक्षको सहयोगले यस निर्माण कार्य तीव्र गतिमा अघि बढेको जनाए । समुन्द्र सतह देखि १७ सय मिटर उचाइमा यो स्तम्व स्थल रहेको छ । यहाँ बाट उत्तर तर्फ सोलु, पूर्व तर्फ खोटाङ र भोजपुर, दक्षिण तर्फ उदयपुर र पश्चिम तर्फ सिन्धुलीका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.