युएईका झापाली हरु किन भए ब्यस्त… ?

युएईका झापाली हरु किन भए ब्यस्त… ?

डिल्ली हुमागाइ, युएई-“झापाली समाज युएईको नयाँ सोच, असाहय बालबालिकाहरु का लागी दस लाखको अक्षय कोष”* भन्ने मुल नारा दिएर नेपाली महिलाहरुको माहान चाड हरितालिका (तीज) को अबसरमा झापाली समाज युएईले भब्य तीज बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपलबाट आमन्त्रित कलाकारहरुमा हास्य क्षेत्रका चर्चित कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा), युवा पुस्ताका चर्चित गायक टंक बुढाथोकी साथमा लोकगायिका सरु गौतम र नव गायिका/डान्सर एलिसा तामाङ्गको बिषेश प्रतुति रहने छ।
अगस्त २५ तारिक शुक्रबारका दिन डल्सको क्याप अलकुजमा हुने ऊक्त कार्यक्रममा प्रवासमा रहेर पनी नेपाली संगित क्षेत्रमा निरन्तर लागीपरेका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। गायक पारस लामा, अजित काफ्ले, प्रशान्त ताजपुरिया, रोमियो राजबंशी, सुमन पाठक, सिम्रन पंचकोटि, मुना बुढाथोकि, उर्मिला बस्नेत एवं नृत्यमा मनोज पौड्याल, सुनिता लिम्बु, गिता माझि, लिजा सिल्वाल, राजेश पाण्डे, बिश्वराज तामाङ्ग साथै यमुना कार्कि रहेका छन् ।
मिडिया पार्टनरमा प्रबाशी अनलाईन, अनलाईन आवाज, पाथिभरा न्युज डट कम, हाम्रो सगरमाथा डट कम, रातो पाटि र ओएस नेपाल रहेका छन ।
पोस्टर,व्यानर साथै टिकट प्रिन्टिङ्गको काम सकिसकेको र टिकट बिक्रि बिरतण सुरु भइ सकेको हुदा युएईका सबै ईमिरेट्समा रहेका झापाली समाज युएईका क्षेत्रिय समिति हरुमा सम्पर्क गरी टिकट लिन सकिने युवा खेलकुद तथा सास्कृतिक बिभागका संयोजक तथा मुलआयोजक समितिका संयोजक पारश लामाले जानकारी दिएका छन् ।
कार्यक्रमको तयारीको लागि योगदान पुर्‍याउने मुलआयोजक समितिका पदाधिकारीहरु,क्षेत्रिय समितिहरु, केन्द्रीय प्रचार प्रसार बिभाग र सम्पुर्ण मिडिया पार्टनरहरु प्रती हार्दिक आभार प्रकट गर्दै उच्च मुल्यांकन समेत गरेको उल्लेख गरे।

One Response to "युएईका झापाली हरु किन भए ब्यस्त… ?"

  1. suraya bahadur   July 3, 2017 at 1:37 am

    yas karekarmma hamipani sahavagi hun chahan xau krioaya kuanai contac namber dinu hola

    Reply

Leave a Reply

Your email address will not be published.