झापाली समाजको बनभोजमा निशुल्क स्वस्थ्य शिबिर

झापाली समाजको बनभोजमा निशुल्क स्वस्थ्य शिबिर

युएई, माघ १५- झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबी साथै युवा खेलकुद तथा साँस्कृतिक बिभागद्वारा आयोजजित वनभोज कार्यक्रममा नि:शुल्क स्वास्थ्य शिविर समेत संचालन हुने भएको छ । अबुधाबीको लाइफ केयर हस्पिटलका अनुभवी चिकित्सकहरुबाट झापाली वनभोजमा सहभागी सबैको नि: शुल्क स्वास्थ परिक्षण गरिने सहमति भएको हस्पिटलकि मार्केटिङ बिभागमा कार्यरत रन्जिना गुरुङले बताएकी छिन् ।
अबुधाबीको खलिफा पार्कमा फेब्रुवरी २, शुक्रबार आयोजना हुने ऊक्त कार्यक्रममा युएईका सबै क्षेत्रबाट झापाली एवं नेपालीहरुको उल्लेखनीय उपस्थिति हुने प्रचार प्रसार संयोजक शेषराज न्यौपानेले जानकारी दिएका छन् । पछिल्लो समयमा युएईका बिभिन्न खुल्ला पहाड र डाडाकाडातिर बनभोज कार्यक्रम गर्दा धेरै विकृती फैलिएको र सामाजिक संस्था आलोचित हुदै आएकोमा सतर्क हुँदै झापाली समाज युएईले स्थानीय प्रशासन र पार्क व्याबस्थापनबाट अनुमति लिएर कार्यक्रम आयोजन गर्दै गरेको आयोजक समितिका संयोजक एवं क्षेत्रीय समिति अबुधाबीका अध्यक्ष हिमाल अधिकारीले जानकारी दिएका छन् । युएई एक्सचेञ्ज, नेपाली प्रवासी बचत ऋण तथा लगानी कोष, नमस्ते किचन लगायतका ब्यावसायिक समुहले विभिन्न उपहार प्रायोजन गरेको उक्त वनभोजमा झापाली समाज युएईका सम्पुर्ण क्षेत्रहरुले विभिन्न बिधामा क्षेत्रको तर्फबाट उपहार घोषणा यसअघि नै गरि सकेका छन ।
त्यस्तै ब्याक्तिगत रुपमा समाजका आजिवन सदस्य तारा रिजाल र अनु भट्टराईले आकर्षक पुरस्कार दिने भएका छन् ।
वनभोजमा रमाइला खेलका साथै रोचक साङ्गितिक प्रस्तुतिहरु रहने समाजका सांस्कृतिक बिभाग प्रमुख पारस लामाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.