जिम्मेवारी दिएको अबस्थामा म जुन ठाउँमा रहेर पनि काम गर्न तयार छु – इन्द्र भण्डारि

झापाली समाज युएईका सचिब इन्द्र भण्डारिले प्रस्तोता जगत लुइँटेल संग गरेको कुराकानिको मुख्य अंश ।

जिम्मेवारी दिएको अबस्थामा म जुन ठाउँमा रहेर पनि काम गर्न तयार छु – इन्द्र भण्डारि

डिल्ली हुमागाइ -जनवरी १९ युएई
✍स्वागत छ इन्द्र जि हजुरलाई ।
– धन्यवाद हजुरलाई पनि मलाई यस साप्ताहिक कार्यक्रम अन्तरङ्गमा आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा।
✍झापाली समाजमा कसरी आबद्ध हुनुभयो र त्यो भन्दा पहिला तपाईं कसरी समाज सेवामा आफुलाई समर्पित गरिरहनु भएको थियो।
– अहिलेको तथ्यांक अनुसार ४५००० झापालीहरु हामी युएईमा कार्यरत छौ तथापी झापाली समाजको गठन हुन सकेको थिएन र पनि हामी केर्खा बासिले एउटा टोल समाज जस्तो गरेर एउटा गाबिसका झापाली एकत्रित भएर अगाडि बडिरहेको अबस्थामा झापाली समाजका परिकल्पनाकार द्वय पूर्ब महासचिब टेकनाथ अधिकारी र प्रबक्ता राम प्रसाद ढुङ्गेलको यो जिल्ला समाजको गठन पश्चात् तीन महिना पछि म पनि यो गाबिस भन्दा पनि झापा जिल्ला कै नेतृत्व गर्ने समाजमा आबद्द हुन पुगे
✍चर्चाको शिखरमा रहेको झापाली समाज युएई कहिले राम्रो काम गरेर चर्चामा रह्यो त कहिले काम गर्ने सिलसिलामा बाहिर बाट आलोचित हुनु पर्यो कम्जोरी कहाँ र कस्को रह्यो
-राम्रो प्रश्न गर्नु भयो युएईमा कान्छो समाजको रुपमा स्थापित झापाली समाज युएईले धेरै राम्रा कामहरु गरेर चर्चाको शिखरमा पुगे पनि अनुभवको कमि काम गर्ने तौरतरिका र अन्य बिबिध कारणले आलोचित हुन पनि पुग्यो र बिभाजन सम्म हुन गयो तर अहिले सबैमा एउटा उत्साह छ र काम गर्ने शैलिमा परिबर्तन आएको छ त्यसैले अबका दिनमा सायद आलोचित नहोलाकी भन्ने मलाई बिश्वास छ।
✍अब हजुरको थोरै आफ्नो बारेमा बताईदिनु हुन्छ कि इन्द्र भण्डारी को हो?
– मेरो जन्म बि.स.२०३८ स्रावण १२ गते बाबा भगिरथ भण्डारी र आमा धनमाया भण्डारी पाँचथर जिल्लाको सुबाङ्ग -५ मा भएको थियो । बसाई सराईको सिलसिलामा बाबा आमा २०४२ सालमा झापाको तोपगाछी -७ केरखा बजारमा आउनु भएको हो । मेरो बाल्यकाल त्यही बित्यो र मेरो माध्यमिक सम्मको पढाइ सहिद धर्म भक्त मा.बी.मा भयो प्रबिणता प्रमाण पत्र तह सम्मको पढाइ दमक बहुमुखी क्याम्पसमा गरेर त्यो भन्दा अगाढी बढाउन सकिन।
✍बैदेशिक यात्रा कसरी र कहिले देखि भएको थोरै प्रष्ट पारिदिनु हुन्छ कि?
– मेरो वैदेशिक यात्रा २००४ बाट भएको र मेरो पहिलो यात्रा पनि युएईमा नै भएको हो एउटा सामान्य काममा आएको थिय त्यहा ड्राइभिङ्ग लाइसेन्स बनाएर २००८ बाट अहिले कार्यरत कम्पनीमा काम गरिरहेको छु।
समाजमा यदि मलाई बिश्वास गरेर भोलि जिम्मेवारी दिएको अबस्थामा म जुन ठाउँमा रहेर पनि काम गर्न तयार छु तर मेरो मान्यता सक्षम र समय दिन सक्ने ब्याक्ती आउनु पर्ने छ भन्ने मेरो सोच हो ।
✍तपाईं ऋण समिति संयोजक भएको नाताले समाजको पैसा ऋण लगाउनु कतिको उचित हो? र ऋण समितिले कस्ता ब्याक्तिलाई र कसरी ऋण लगानी गर्छ प्रस्ट्याइ दिनु हुन्छ कि?
– धन्यवाद प्रश्नको लागि र प्रश्न राम्रो राख्नु भएको छ । ऋण लगानी समिती बन्नु भन्दा अगाडि सम्पुर्ण पैसा केन्द्रिय कोषाध्यक्ष संग रहेको र ऋण पनि पुर्ण रुपमा नहुदा पैसा फृज भएको अबस्थामा यस समितिले आजिवन सदस्यको पैसा लगानी गर्ने र त्यो पैसा पनि सस्तो ब्याजदरमा आजिवन सदस्यलाई नै दिने कार्य गर्दै आएको छ । समानुपातिक रुपमा सबै क्षेत्रीय समितिलाई दिने र उक्त समितिले आफ्ना क्षेत्रका आजिवन सदस्यलाई सुरक्षित लगानी गर्ने गर्दछ । यसो गर्दा आजिवन सदस्यको समस्या पनि समाधान भयो र समाजको कोषमा पनि बृद्दी हुने भएकोले यो अत्यन्तै प्रभाबकारी छ तर यस्लाई अझै ब्यबस्थित गरेर लगेको खण्डमा यो अत्यन्तै राम्रो हुनेछ।
✍अन्तमा केही भन्नू हुन्छ कि ?
– सर्बप्रथम तपाईंलाई धेरै धेरै धन्यवाद मलाई मेरा दुई चार शव्द राख्ने मौका दिनु भएकोमा र समाज लगायत ब्यक्तिगत केही कुरा राख्ने अबसर प्राप्त भयो । झापाली समाजले आज झापाली मनहरु एकत्रित गर्ने प्रयास गरेको छ प्रबासमा रहेर सकेको सहयोग गर्नेछु जुन सुकै अबस्थामा जहाँ रहे पनी अब म यस समाज भन्दा टाडा चाहेर पनि जान सक्दिन यो एउटा नसा बनेको छ र झापाली समाजलाई अगाडि बडाउन सबैले आ-आफ्नो ठाउँ बाट पहल गरौ सकेको सजयोग गरौ ।
“जय झापा-जय झापाली”

Leave a Reply

Your email address will not be published.