हाम्रो घोषणा अनुरुप “शुभयात्रा साँझ” टिमको तर्फबाट दोस्रो सहयोग अनुरुप हेटौडाको मदरसा दारुल कुरान विद्यालयलाई नगद रु १,६०,००० र बिद्यालय बनाउने ब्लक एकहजार थान प्रदेश ३ को माननीय मुख्यमन्त्रि डोरमणि पौडेल र शुभयात्रा साँझ तिन आयोजक (समिम खान/मदन अधिकारी/मनोज गोर्खाली) तर्फ बाट समिम खान हातबाट बिद्यालयका अध्यक्ष अहमद खानलाई हस्तान्तरण गरियो।
मिती १३ चैत्र २०७४ को दिन मकवानपुर मुस्लिम समुदायद्वारा आयोजित स्वागत तथा सम्मान उक्त रकम नगद रु १,६०,००० र बिद्यालय बनाउने ब्लक एकहजार हस्तान्तरण गरियको थियो । उक्त कार्यक्रममा माननीय पुर्ब राज्य मन्त्रि इन्द्र बानिया लगायत हेटौडाबाट नब बिजयी प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु मेयर, उपमेयर र सम्पूर्ण बुद्धिजीवीहरुको उपस्थिति थियो।
मकवानपुर मुस्लिम समुदायद्वारा सन्चालित उक्त बिद्यालयमा ६० जना मुस्लिम बालबालिकाहरु अध्यनरत छन । साथै शुभयत्रा साँझ भब्यताका साथ सम्पन्न गर्न तपाईंहरुले गर्नु भयको आर्थिक तथा भौतिक सहयोगको कारणलेनै आज यी बालबालिकाहरुको ले पठन पाठन गर्न पायका छन सहयोगी मनहरु प्रती आयोजक टिम नमन तथा क्र्तज्ञता प्रकट गर्न चाहन्छौ ।
प्राथी,
समिम खान/मनोज गोर्खाली /मदन अधिकारी आयोजक शुभयात्रा साँझ
