पत्रकार महासंघ युएई शाखाको नयाँ कार्यसमितिले यसो गर्न सक्छ ?

शेखर चापागाइ /प्रवासी अन्लाईन । पत्रकार महासंघ युएई शाखाको पाचौ अधिबेशनले भुपराज बस्यालको अध्यक्ष्यतामा नया कार्य समितिको गठन गरेको छ । युएईमा रहेका पत्रकारलाई यहाँ रहेका नेपाली समुदायले हेर्ने दृष्टिकोण कस्तो छ भनेर प्रश्न गर्दा नकारात्मक उत्तरहरु आउने गर्छ । यस्तो आखिर कसरि भयो त ? के युएई मा रहेका सबै पत्रकारहरु पत्रुकार नै हुन् त् ? खोज्न पर्ने होइन ?
युएमा धेरै जसो नेपाली हरु श्रम गर्नलाई आएका छन । थोरै मात्रामा व्यवसायीहरु छन जो कामदार बनेर युएई आई मालिक बन्नुभएको छ । र संघ सस्थाहरु पनि टोलै पिच्छेका छन ।
के यहाँ कार्यरत पत्रकार हरुले श्रमिकको आवाज लाइ सम्बन्धित निकाय समक्ष पुराउने काम गरेका छन त ? कि व्यवसायीहरुको विज्ञापन तथा संघसस्थाहरुले गर्ने कार्यक्रमहरुको प्रचार प्रसार मात्र गरेका छन ? सोचनिय बिषय बनेको छ ।
बिगतका समयमा युएइमा रहेका पत्रकारहरु सुन तस्करी, हुण्डी कारोबार, र आफुनै काम गर्ने कम्पनीबाट ठुलो रकम चोरेर फरार भएका जस्ता अनगिन्ती बिषय सार्वजनिक भएका थिए । के यो सत्य होइन ? हो वा होइन ? छानवीन गर्ने कारबाही गर्ने त परैको बिषय । अहिले बनेको नया कार्यसमितिले युएइमा रहका पत्रकारहरु माथि लागेका यस्तै दाग र बिग्रिएको छविलाई हटाउन सफल होला त ? पत्रकार महासंघ भनेको सम्पूर्ण पत्रकारहरु तथा पत्रकारिता गर्ने सम्पूर्णको साझा संगठन हो भनेर प्रत्याभुती दिलाउदै समाबेशीताको उदाहर्णिय संगठन बन्न सक्ला त ?
नयाँ कार्यसमिति विभिन्न संघसस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा आसन ग्रहण गर्ने र रिपोर्टिंग गर्ने मात्र नभएर यहाँ रहेका श्रमिकहरुको आवाज बनेर सम्पूर्ण पत्रकारहरुलाई समेटेर अघि बढ्न सकोस । सुचना र जानकारी मार्फत सम्पूर्ण युएमा रहेका र युएईमा आउन चाहने नेपाली हरुको पहिलो अभिवावक सस्था बनेर मानब तस्करी, सुन तस्करी र कालोबजारी गर्नेहरुलाई खबरदारी गर्न सकोस् ।
युएमा रहेका सम्पूर्ण संघ सस्था, दुताबास र नेपाली व्यवसायीहरु सँग समन्वय गरेर श्रमिकहरुको पक्षमा खास ठोस कम गर्न सकोस् नया कार्यासमिति लाइ बधाई तथा शुभकामना ।

One Response to "पत्रकार महासंघ युएई शाखाको नयाँ कार्यसमितिले यसो गर्न सक्छ ?"

  1. Dinesh Acharya   January 14, 2017 at 11:09 pm

    साेचनिय बिषय उठाउनु भएकाे छ शेखर जि तपाइले, यि बिषयमा अगाडी बढ्न सक्नु पर्दछ ।

    Reply

Leave a Reply

Your email address will not be published.