एन आर एन युएइको संयोजनमा नेपालका सात जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न

एन आर एन युएइको संयोजनमा नेपालका सात जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न

डिल्ली हुमागाई /युएई – गैरआवासीय नेपाली संघ युएईको संयोजन तथा डिसकर्भरी रोयल स्पोर्टस् युएईको आयोजनामा नेपालका बिभिन्न सात जिल्लामा सञ्चालित प्राथमिक उपचार तालिम बिहिबार सम्पन्न भएको छ ।
चैत १ गतेबाट चितवनदेखी सुरु भएको तालिम ८ दिन सम्म चलेको थियो । सात जिल्लाका १३ तालिम केन्द्रबाट ९ सय ६० जनाले तालिममा सहभागीता जनाएको गैरआवासीय नेपाली संघ युएईका सचीव राजेश बोहोराले जानकारी दिए। चितवन, धादिङ,तनहुँ कास्की ,दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक जिल्लामा तालिम सञ्चालन भएको थियो ।
तालिममा जनपथ, ट्राफिक,सशस्त्र प्रहरी,सैनिक, शिक्षक,महिलास्वास्थ स्वंसेबिका,उच्च मावि तहका बिद्यार्थी लगायतले सहभागीता जनाएका थिए । तालिम सञ्चालनका लागि रोयल डिस्कोभरीका ओम उप्रेतीले व्यक्तिगतरुपमा ८ लाख रुपँया लगानी गर्नुका साथै आफैले तालिम दिएका हुन। तालिममा हर्ट एट्याक, प्राकृतिक दुर्घट्ना, सड़क दुर्घट्ना बारे जानकारी गराइएको थियो ।देशभित्र एनआरएन युएईको यस्तो किसिमको कार्यक्रम पहिलो पटक गरेको हो ।

 

Leave a Reply

Your email address will not be published.