पवीत्र भण्डारी एभरेस्ट युएइ मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको अध्यक्षमा चयन

युएइमा भएको भेलाले पवीत्र भण्डारीलाई एभरेस्ट युएइ मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको अध्यक्षमा चयन गरेको छ । क्लबका उपाध्यक्षमा भलीबल खेलाडी कुन्दल सिंह, तेक्वान्दोका सबिन पाण्डे र फुटबलका मदन अधीकारी रहेका छन् । पूर्ण भक्त लामा सचिव रहेको कमिटीमा परशुराम घिमिरे कोशाध्यक्ष रहेका छन् । राजेश थिङ लामा, भानुभक्त पौडेल, विसाल थापा मगर, प्रेम श्रेष्ठ,राजेश थिङ, प्रविण न्यौपाने, रत्न मर्हजन र फाइ लामा सदस्य रहेका छन् । सल्लाहकारमा हिरा लाल श्रेष्ठ,प्रवीण काजी श्रेष्ठ, मनोज गोर्खाली र सालीक सुबेदी रहेका छन् ।
रबी शाहीको मुख्य प्रशिक्षण तथा प्राबीधीक निर्देशनमा क्लब खेलकर्मीको माझमा सक्रिय रही रहेको छ । भेला बुर्दबइको काठमाडौं प्यालेसको रेस्टुरेन्टमा भएको थियो ।
शुक्रबार भेलासंगै बसेको बैठकले यस अघिका सम्पूर्ण गतीबीधी र आगामी योजनाका बारे ब्याख्या भएको थियो । क्लब रजिस्ट्रेसन, वेभसाइड र सस्थालाई परिचित गराउन इन्टरनेटको प्रयोग विषयमा छलफल भएको थियो । बैठकमै सबै खेलको भिन्ना भिन्नै प्रशिक्षणको बारे पनि सल्लाह भएको थियो ।

Leave a Reply

Your email address will not be published.