अछाममा स्थानिय निर्वाचनको सबै तयारी पुरा

एकेन्द्र महता – असार १४ गते हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनको तयारी अछाममा करिव सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार अछाम जिल्लाका १० वटै स्थानिय तहमा निर्वाचन शान्तिपूर्ण र मर्यादित बातावरणमा सम्पन्न गराँउनका लागि गर्नुपर्ने अधिकाँश काम कारवाहीहरु सकिएका छन । मनोनयन दर्ता गराँउने मिति नजिकै आईपुगे संगै जिल्लाका सबै १८५ वटै मदतान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि आवस्यक तालिम दिने कार्य सकिएको छ । १८५ जना मतदान अधिकृत र १८५ जना सहायक मतदान अधिकृत लाई २÷२ दिनको तालिम दिई नमूना मतदान अभ्याँस गराँउने लगायतका कार्य गरिसकिएको जिल्ला निर्वाचन कार्यालय अछामका निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताए । सापकोटाले सबै मतदान केन्द्रहरुमा खटिने स्वंसेवक र सुरक्षाकर्मी बाहेक एक हजार एक सय भन्दा बढी कर्मचारीहरु परिचालन गरिने समेत बताए । उनले ५०० भन्दा बढि मतदाता भएको मतदान केन्द्रमा ६ जना र ५०० भन्दा कम मतदाता भएको केन्द्रमा ५ जनाका दरले कर्मचारी खटिने जाँनकारी दिए ।
निर्वाचनमा चाहीने सम्पूर्ण सामग्रिहरु आई ब्यावस्थापन कार्य पनि भईसकेको, सबै मतदान केन्द्रवाईज आवस्यक पर्ने निर्वाचन सामग्रि प्याकिङ भईसकेको सापकोटाको भनाई छ । पर्सि हुने मनोनयन दर्ताका लाग सबै निर्वाचन सामग्रिहरु मुख्य निर्वाचन अधिकृत र सबै निर्वाचन अधिकृतको कार्यालयमा तयारि अवस्थामा राखिसकिएको सापकोटाले जाँनकारी दिए । मनोनयन दर्ताका लागि २ प्रकारको प्रक्रिया रहेको जनाईएको छ । एउटा राजनीतिक दलको तर्फवाट र अर्को स्वतन्त्र हिसावले गर्न सकिने छ । जसमा दलको तर्फवाट भए आधिकारिक ब्याक्तिले हस्ताक्षर गरेको पत्र सहित एक जना प्रस्तापक र एक जना सर्मथक सहित उम्मेद्धारी दिन सकिने छ भने स्वतन्त्रको हकमा स्वतन्त्र हिसावले मनोनयन दर्ता गर्न सकिन्छ । यस्तै मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्र, मतदाता नामावलिमा नाम दर्ता भएको, दलितको हकमा दलित हो भन्ने प्रमाण र अवस्था अनुसार अन्य कुराहरु पनि आवस्यक पर्ने जिल्ला निर्वाचन अधिकारी सापकोटाको भनाई छ । यस्तै सम्पूर्ण मतदातालाई आफ्नो मतदाता परिचयपत्र असार ११, १२ र १३ गते आ आफ्नो मतदान केन्द्रमा गई लिनसक्ने ब्यावस्था मिलाईएको छ । आफ्नो संसंगै आफ्नो घर परिवारको मतदाता परिचय पत्र पनि लिन सकिने जनाईएको छ । जिल्लाका १० वटै तहमा निर्वाचन अधिकृतहरु सक्रियतापूर्वक आ आफ्नो काममा खटिईसकेको समेत जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.