चेतना मुलक हाँस्यव्यग्य कार्यक्रम “दुई थोपा हाँसो” युएईमा

चेतना मुलक हाँस्यव्यग्य कार्यक्रम “दुई थोपा हाँसो” युएईमा

सुर्य खवास, युएई-गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद युएईले फेब्रुअरी महिनालाई जनचेतना महिनाको रुपमा मनाउने अभियान अनुरुप “दुई थोपा हाँसो” कार्यक्रम युएईमा कार्यरत नेपाली श्रमिक माझ लिएर आउदैछ ।
एनआरएनए आइसिसीको पहलमा स्वस्थ हाँस्यव्यंग्य र योगा सहितको जन-चेतनामुलक कार्यक्रम “दुई थोपा हाँसो” लाई विश्वका विभिन्न देशहरूमा अभियानको रुपमा लैजाने योजना मुताबिक आगामि फेब्रुअरी महिनाको पहिलो हप्ता युएईका विभिन्न स्थानमा संचालन गर्न लागेको गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद युएईका महासचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो ।
युएईको लागि नेपाली राजदुतावास अबुधाबीको संयोजन तथा सिस्नुपानी नेपालको सहकार्यमा उक्त “दुई थोपा हाँसो” कार्यक्रम लिएर चर्चित हांस्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा.राजु अधिकारी, तथा व्यंग्य कवि टंक आचार्य युएई आउँन लाग्नु भएको हो ।
युएईमा नेपाली श्रमिकहरुको जनघनत्व रहेका लेवर क्यापहरुमा आयोजना हुने उक्त कार्यक्रम फेब्रुअरी १ देखि ५ सम्म क्रमश: अबुधाबी, अल एन, सारजाह, दुबई र फुजेराहमा हुने आयोजकले जानकारी दिएको छ । स्मरण रहोस उक्त “दुई थोपा हाँसो” कार्यक्रम गत वर्ष पनि युएईका विभिन्न स्थानमा देखाईएको थियो ।

Leave a Reply

Your email address will not be published.