मृगौला पिडित धन बहादुर बुढाथोकीलाई बचाईदिन श्रीमतीले रुदै सहयोग मागीन

श्रावण-२७,शुक्रबार : तीन बर्ष अघि बिदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका धौलागीरी गाउपालिका – ५ साबिक मल्कबांग गाबिस वडा १ का ३१ वर्षीय धनबहादुर बुढाथोकी दुबै मृगौलाले काम गर्न छाडेपछी स्वदेश फर्केर राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत श्रावन ६ गते देखि उपचारारत छन ।उनी निकै गरीब र न्युन स्तर भएको कारण उनको जीवन रक्षाका लागि अस्पताल,वडा कार्यालय र परिवारले समेत आर्थिक सहयोगको अपिल गरेका छन् ।
पिडित धन बहादुरको एक छोरी, दुइ छोरा, श्रीमती र आमाबाबा छन । आफ्ना परीवारको सुख खोज्दै बैदेशिक रोजगारको लागि ३० महिना अघि साउदी अरब पुगेका बुढाथोकी दुवै मृगौलामा समस्या भएपछी एक महिना साउदी अरबमै उपचार गराएपछि साउदीअरबको डाक्टरले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प बताएपछि अन्यौल भबिष्य सहित नेपाल फर्केका हुन । नेपाल फर्के लगतै राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली स्थित भैरव भवन काठमण्डौमा भर्ना भएका उनको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ। हाल हप्ताको दुइ पटक हेमोडायलायसिस गराउदै आएकोमा अब हप्ताको तिन पटक सम्म डायलायसिस गराउन पर्ने स्थिति आउन सक्ने उपचारमा संलग्न डाक्टरहरुको सुझाब छ भने डायलायसिस संग संगै बिशेष औषधी ईपिओ प्रयोग गर्नु पर्दा निकै खर्च बढी हुने गरेको बिरामीका बुबा लिल बहादुर बुढाथोकीले बताएका छन ।
विरामीले भावुक हुँदै भने
हामी बैदेशिक रोजगारको भरमा जीवन निर्बाह गर्ने न्युन आर्थिक स्थिति भएको मान्छेले कसरि उपचार गर्न सक्ने यस्तो गम्बिर प्रकारको रोग कसैको सहयोग बिना त के सम्भव होलार खै…! भन्दै दुखेसो पोखेका थिए !
यस्ता प्रकारको रोग लागेकाहरुलाई देश विदेशबाट सहयोग मिलेपछि उपचार हुने गरेको सुन्छु त्येसैले मेरो छोराको लागि पनि यो दुख, र आपतमा जीवन मरणको नाजुक अवस्थामा रहेको छोरा माथी आफ्नो दाइ,भाइ सम्झी मनकारी र सहयोगी मनका सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाइ, दिदीबहिनी र आफन्तहरुमा रुदै दुई हात जोडी सहयोगको अपिल गरेका छन ।
पुरानो घर धौलागिरि गाउपालिका वडा- ५ मल्कबांग दुर्घम भएका कारण छोराछोरीको राम्रो शिक्षाका लागि भन्दै सुगम खोज्दै सदरमुकाम बेनी मा बस्दै आएको थिए । परिवारमा जिम्मेवार ब्यक्ती नै घातक रोगबाट कोमामा बस्न परेपछि छोराछोरीको शैक्षिक भबिष्य के हुने कसरि जिबन निर्बाह गर्ने भन्ने बारे बिरामीको श्रीमती यानु बुढाथोकीलाई चिन्ताले सताईरहेको छ । उनीहरुको १२ वर्षीय एक छोरी कक्षा ५ मा ११ र ५ वर्षीय दुइ छोराहरु क्रमश: ५ र १ मा न्यु वेस्ट पोइन्ट बोर्डिंङ्ग स्कुल बेनीमा अध्यनरत छन् ।
आफ्ना छोरा छोरीको उज्वल भविष्य बनाउने सपना अधुरै रहने भयो आफ्नो भन्दा बढी चिन्ता छोराछोरी र परिवारको लागेको छ । दुवै मृगौला खराब भएको छ फेर्नु पर्छ भनेको छ नेपालमै प्रत्यारोपण गर्दा ८ देखि १० लाख सम्म खर्च हुन्छ रे त्यत्रो रकम कहाँ पाउने कसैको सहयोग पाईयन भने मर्ने त होला नी भन्दै पिडित धन बहादुरले बर्बरी आँसु झारेका थिए ।
पिडित धनबहादुरको सहयोगको लागि राष्ट्रिय मृगौला उपचार केन्द्र र धौलागिरि गाउपालिक वडा ५ को कार्यालयले समेत सिफारिस गरेको छ । यसका साथै उनका आफन्त र साथीभाई मार्फत समेत विभिन्न सामाजिक संघ संस्थाहरुमा सहयोग अपिल गर्ने काम भैरहेको बिरामीका भान्जा जिबन पुर्जाले जानकारी दिएका छन । थप जानकारीका लागि बिरामी स्वयम् को मोबाइल नम्बर ९८०८३५६७५३ बिरामीका बुबा लिल बहादुर बुढाथोकी ९८०५१६६५३१ र बिरामीका श्रीमती यानु बुढाथोकी ९८०३३७७५८९ मा सम्पर्क गर्न र सिधै सहयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published.