संयुक्त राहत संयत्र युएईको पहलमा संकलित राहत दाङ देउखुरी समाज युएई द्वारा दाङको अमेलियामा हस्तान्तरण

संयुक्त राहत संयत्र युएईको पहलमा संकलित राहत दाङ देउखुरी समाज युएई द्वारा दाङको अमेलियामा हस्तान्तरण

डिल्ली हुमागाइ ,युएई -संयुक्त राहत संयन्त्र युएईको पहलमा संकलित राहत दाङ देउखुरी समाज युएई द्वारा दाङको अमेलियामामा हस्तान्तरण गरिएको छ। दाङ जिल्ला लमही नगरपालिका वडा नं. ०९ को रिहार, बांङ्गेताल र अमेलियाका ५८ घरपरिवारका बाढिपिडितलाई करिव १ लाख मुल्य बराबरकोे प्रतिघरधुरी १–१ थान सिरक डसना वितरण गरिएको हो ।
लमही नगरपालिका वडा नं. ०९ को अमेलियामा नगरप्रमुख कुल बहादुर के.सी.को प्रमुख आतिथ्यता ,सोही वडाका वडाअध्यक्ष भेष बहादुर के.सी. (रमेश) को अध्यक्षता एवम् दाङ देउखुरी समाज युएईका उपाध्यक्ष सूर्य बहादुर के.सी.को विशेष आतिथ्यतामा मिति ०३ नोभेम्बर (कात्तिक १७गते ) का दिन राहत हस्तान्तरण गरिएको समाजले जनाएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ लमहीका पूर्व उपाध्यक्ष तारा प्रसाद खनाल , रेडक्रसका प्रतिनिधि बिनिराम चौधरी , पत्रकार दशरथ घिमिरे, ईलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख भरत सिंह राठौर , दाङ देउखुरी समाज युएईका सदस्यहरु बालकृष्ण बुढामगर , प्रेम प्रसाद पुलामी र जुद्द बहादुर भण्डारी त्यस्तै वडा सदस्यहरु क्रमशः रेवा अधिकारी , बुद्धिराम चौधरी र खिम बहादुर योगी लगायतको उपस्तिथि रहेको थियो।
कार्यक्रमका विशिष्ट तिथी सूर्य बहादुर के.सीले स्वागत मन्तब्य राख्दै वैदेशिक रोजगारीमा ५०–५५ डिग्रीको घाममा काम गरेर आफ्नो गाँस कटाएरै भएपनि संकलन गरेको सहयोगबाट मातृभूमीको आहतमा राहत लगाउन दाङ देउखुरी समाज मार्फत सहयोग गर्ने संयुक्त संयत्र युएईलाई धन्यवाद ज्ञापन थिए । प्रमुख अतिथि नगरप्रमुख कुल बहादुर के.सीले समेत परिवार पाल्न बिदेशिएका नेपाली नागरिकले यहाँ आउने हरेक किसिमका दुस्खद प्रकोपमा राहत वितरण गर्न आएका प्रतिनिधि सहित संयुक्त संयत्र र दाङ देउखुरी समाजलाई धन्यवाद ज्ञापन गरे । साथै कार्यक्रमका अध्यक्ष भेष बहादुर के.सीले राहत पुर्याउने सहयोगी मन प्रति आभार ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन दाङ देउखुरी समाजका उपाध्यक्ष सन्तोष धितालले गरेका थिए ।कार्यक्रममा राहत पाएपछि बाढीपीडितले खुशी ब्यक्त गर्दै प्रबासमा रहेर दुखद घडीमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुमा आभार प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published.