बम गोली चलेको छ मेरो देशमा अहिले

                 चन्द्र सम्बाहाम्फे, झापा
                      हाल – दुबई युएई

बम गोली चलेको छ मेरो देशमा अहिले
सोझो जनता ढलेको छ मधेसमा अहिले

गन्तव्य ठेगान छैन यात्राको के कुरा गरौ
पाइलै घाइते छ त लागेर ठेसमा अहिले

दिदीबहिनी होसगर्नु मन्दिरमा पुजारी सङ्ग
बलात्कारि हुन्छन् साधु कै भेसमा अहिले

गाउघर शहर बजार र अखबार जताततै
मृत्यु चै मिसिएकै हुन्छ सन्देशमा अहिले

राहदानी ब्यापार भयो सपनाको खेती गर्दै
लाखौं युवा बेचिएको छ परदेशमा अहिले

Leave a Reply

Your email address will not be published.