युएईबाट तिजको शुभकामना

युएईबाट तिजको शुभकामना
बिनिता बिमली बुढाथोकी – झापाली समाज युएई                          महिला बिभाग प्रमुख

नारी बिना संसार नै अध्यारो ,अपूरो हुन्छ। जननि जगत, माता देविको अवतार,पुजाकी थाली मिठास अमृत प्रसाद अनि शिक्षाकी धनी ज्ञानकी ज्योति साकक्षत लक्ष्मी हुन नारी ।।
भन्नलाई त अरु धेरै कुराले बखान गरिन्छ तर अझै पनि हाम्राे समाजमा पुरुष प्रधान संस्कारकाे छाप मेटिन सकेकाे छैन।एउटा घरकाे सुन्दर गहना/फुलवारि नारी हुन जसले त्याे घरलाई ढकमक्क पारेर फुलाउन सक्छिन र सजाउन सक्छिन।छाेरा छाेरिलाई राम्रो शिक्षादिक्षा र संस्कार सिकाउन सक्छिन् हरेक अाफ्ना दुख लुकाई हाँस्न सक्छिन खै कसरी व्याखा गरौ जति गरे नि अपुराे र अधुराे नै हुन्छ फेरि नि हाम्राे समाजमा अलिकति अगाडि बढन खाेज्दा र बाेल्दा खै के के हुन्छ पाेथि बाँस्न थाल्याे भनेर भुँकम्प अाउन खाेज्छ…….त्यति मात्र नभर एउटि नारी अाफ्नाे परिवारकाे उज्वल भबिष्यकाे खाेजि अनि अार्थिक संकटको अभावले बाध्यतामा परि बिदेश अाउछिन उसलाइ हेर्ने र गर्ने व्यवहार फरक हुन्छ तर त्यहि ठाउँमा छाेराे/पुरुष अाउदा उ लाहुरे हुन्छ यो कस्तो विडम्बना र कति फरक छ त नारी पुरुषमा भन्न त फेरि हामि २१सयौं शताब्दी नै भन्छै अनि नारी पुरुष वरावरकाे नारा लगाउछैँ। अनि दुख लाग्दाे कुरा हामी हाम्रै दाजुभाईबाट सुरक्षित हुदैनौ नावालक उमेरमा पनि बल्तकार काे सिकार बनी ज्यान गुमाउछौ अब का दिनमा यस्ता घटना हरु सुन्नु र देख्नु नपराेस परिवर्तन अाफैबाट सुरु गरौ हर काेहि लाई बराबर सम्मान र ईज्जत गरौ र लिन नि सिकैँ दिन नि सिकैँ भाषण र चुनाव अाउने बेलामा मात्र हाेईन अरु बेला नि व्यवहारमा नारी पुरुष बराबर हुन सकैँ।
अन्त्यमा नेपाली समूदायमा सामाजिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालीनारीहरुको महान चाड, हरितालीका तिजको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका तमाम,समस्त नेपाली चेलीवेटी दिदिबहिनीहरु शुभकामना व्यक्त गर्न चाहान्छु। साथै नारीका हरेक कदममा दुख सुखमा साथ दिई हातमा हात मिलाई एक रथका दुई पंग्रा भई अघि बड्न र बडाउन साथ दिनु हुने तपाईं सम्पूर्ण पुरुष दाजु भाईहरुमा पनि वरावर रुपमा सुख,समृद्धि,सु-स्वासथ्य,एवम् उत्तरोतर प्रगतिको हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछु।।

Leave a Reply

Your email address will not be published.