चर्चित गित बालै फरररको म्युजिक भिडियो छायांकन सम्पन्न

डिल्ली हुमागाइ-बि.स.२०५३ सालमा झापा जिल्लाको हालको राजगढ गाउँपालिकामा जन्मिएका आकाशले सानो हुँदा देखि संगित प्रति झुकाब रहेको र राजेश पायल राईले गाएका गीतहरु गुनगुनाउँने गरेको बताए । राजेश पायल राईका गीतहरु नै आफूलाई अति नै मन पर्ने पनि उनले बताए।
“मेरो सङ्गित प्रतिको लगनसिलता देखेर मेरो मामा मोहन खड्का र बलराम खड्काले सुम्निमा कल्चर ऐकेडेमि सात दोबाटोको गुरु मन्डल साम्पाङ सँग सङ्गित शिक्षा लिन भर्ना गरिदिनु भयो”। हुन पनि १२ वर्षको उमेर देखि नै उनी निरन्तर साँगीतिक क्षेत्रमा सक्रियरुपमा लागि रहेका उनी साँगीतिक क्षेत्रमा नै रमाइ रहन पाउनु नै जिवनको सार्थक भोगाइ बुझ्ने गरेका छ्न ।
उनको साँगीतिक निरन्तरता भने उपत्यकामा छैन उनी मोफसलमै रहेर सक्रिय छन् गायनमा अर्थात उनी झापा मै छन् । मोफसलमै बसेर पनि केही गर्न वा आफ्नो प्रतिभा प्रस्फुटन गर्न सकिने आत्म विस्वासले नै उनलाई साँगीतिक क्षेत्रमा स्थापित गरेको छ । हुन पनि उनको पहिलो गीत नै बालै फरर रहेको थियो ।
उक्त गीत युवाहरुको मुखमा झुण्डिएको छ तर भिडियो चाहीं उनले निर्माण गरेका थिएनन।उनको आफ्नै शब्द अनि स्वर समेत रहेको बालै फरर भिडियो निर्माणमा किन ढिलाई त भन्ने प्रसंगमा उनको जवाफ थियो।हरेक कुरा समयले जुटाउँछ यसको लागी समय आएपछि मात्र भिडियो बनाएको हु र यसको छायांकन सकिएको छ अब चाँडै नै सार्बजनिक गर्ने तयारीमा छु।
मोडल राज मिसन श्रद्धा शर्मा र सबिता बर्देवा ले गरेका छन भने हेमराज जैरिको नृत्य निर्देशन रहेको उक्त म्युजिक भिडियोको निर्देशन आकाश क्षेत्रि र संदेश सहानिले गरेकाछ्न। शब्द तथा सङ्गीत आकाश क्षेत्रिको नै रहेको छ।
उनी झापामा मात्र सिमित छैनन् अन्य जिल्लाका स्टेजमा पनि उनलाई आमन्त्रण हुन्छ । दर्शक श्रोताबाट राम्रै ताली पाएर फर्किन्छन।त्यसैले होला उनी यो क्षेत्रबाट आफू खुसी रहेको र आगामी आउने दिनहरुमा अझै मिहेनत गरि अगाडि बढने बताउछन।
बालै फरर नामक गितबाट आफ्नो म्युजिकमा डेभ्यु गरे उनी सफलता पाउने मा ढ्क्क थिए।तर उक्त गितले त सफलता को शिखर चुम्यो।जसले गर्दा उक्त गीतको संगीत अनि एरेञ्ज गर्ने देव लावरलाई उनी भूल्न सक्दैनन् नत भूल्न सक्छन् यो गीत बनाउँनका लागी आर्थिक सहयोग गर्ने गायक तथा संगीतकार ताराबीर पाण्डे अनि अन्य व्यक्तिहरु कृष्ण कार्की, पुजन मिश्र, लक्ष्मी तामाङ, रबिन, मिलन, निशान र प्रकाशलाई ।
लगनशील बनेर अनि संगीत साधनाको महत्व बुझेर लागी परे अवश्य सफल भईन्छ भन्दै नयाँ पिँढीलाई हौसला दिने आकाश नाम जस्तै आफ्नो साँगीतिक उचाईको बिरासतमा बस्ने सोचाईमा छन् ।

Leave a Reply

Your email address will not be published.