पहिलो एेतिहासिक प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन-अर्जुन चापागाईं

संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने क्रममा देश पहिलो एेतिहासिक प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनको दोस्रो चरण सम्म आइ सकेको छ । विविध व्यवधान हरुका बीच, छिटफुट घटना हरु बाहेक शान्ति पूर्ण रुप मा नै मतदाताहरुले आफ्नो उत्साहजनक उपस्थिति बीच पहिलो चरणको मतदान गरि सकेका छन् जसको प्रतिफल मतपेटिका हरुमा सुरक्षित रुपमा राखिएको छ । नेपालमा मताधिकारको प्रयोग हुदै गर्दा एउटा ठुलो शक्ति देश बाहिर आफ्नो आफ्ना हरुको लागि संघर्षरत छन्, आफ्ना सन्ततिहरुले यो नियति भोग्नु न परोस भन्ने हेतु । स्वभाविक रुपमा यस अघिका निर्वाचन हरु भन्दा भिन्न देखिएको यसपटक को निर्वाचनको पुर्वसन्ध्या, यहाँ देखिएका जोड घटाउ तथा परिदृश्यहरुको विश्लेषण आवश्यक देखेको छु ।
१. विभिन्न गठबन्धनहरु
निर्वाचन मा मुलुक होमिनै लाग्दा हामीले विभिन्न गठबन्धन हरु देख्न पायौं । बाम गठबन्धनको नाम बाट सुरु भएको यो अघोषित अभियान लोकतान्त्रिक गठबन्धन अनि तेस्रो आयामका रुपमा समेत देख्न पाइयो। निश्संदेह कम ध्रुविकृत भएर राजनैतिक परिवेश अघि बढ्नु त राम्रो बिषय हो, यद्धपि चुनाबी नारा हरु विकास भन्दा पनि नीति केन्द्रित हुनुले कतै देश बिकासको बाटोमा फेरी एक पटक पछि परेको त होइन भन्ने शंका आम जनमानस मा उब्जनु स्वाभाविक हो । संबिधान निर्माणको गहन जिम्मेवारी सम्पन्न गरिसकेको देशले एक पटक फेरी नीति को लडाईमा फर्कनु अवश्य पनि बिकासको दृष्टिले लाभदायी हुन्न । अर्को तर्फ गठबन्धन हरुको स्थायित्व र स्थिरताको प्रश्न समेत टड्कारो रुपमा उभिन्छ। सम्भवत कुनै गठबन्धनले आवश्यक बहुमत त प्राप्त गर्ला, तर शक्ति र सत्ता सन्तुलनको खेल मा अभ्यस्त हरुले यो बहुमतलाइ कति दिन सम्म टिकाउ बनाउन सक्छन भन्ने बिषय मुख्य हुन्छ । हिजोका दिन हरुमा गरिएका राजनैतिक गठजोडहरु, तालमेल हरु हामीले स्पस्ट रुपमा देखेका हौँ । शक्ति र सत्ता को निमित्त तालमेल र जोड घटाउ जहाँ सम्म पनि पुग्न सक्ने अवस्थामा स्थिर सरकारको कल्पना केवल कल्पना मा मात्र सिमित नरहला भन्न सक्ने अवस्था छैन। नीति प्रति निष्ठावान रहदै विकासको बाटो तर्फ लम्कने नेतृत्व आजको मुख्य आवश्यकता हो।
२. मधेश भित्रको राजनीति
एका तर्फ मधेशबादी दल हरुको राजनैतिक बिचलन, छिमेकि को अस्वाभाविक चासो एवं अन्य दलहरुको मधेश केन्द्रित राजनीतिले त्यो सम्पूर्ण क्षेत्र लाइ नै नराम्ररी गिजोलेको तितो बिगत हामी सामु छ । कहिले निर्वाचनको पक्षमा त कहिले बिपक्षमा, आफ्नो स्पस्ट धारणा राख्न न सक्ने मधेशवादी दलका नेतृत्व पङतिले घुमाउरो पारामा बहुराष्ट्रबादको वकालत गर्दै हिड्नुले सम्बन्धित क्षेत्रका जनता कुहिरोको काग झैं भएका छन् कति पटक । जमिन मात्र होइन सिद्धान्त र संस्कार पनि उर्वर रहेको मधेश हरेक पटक अनिर्णयको बन्दि जस्तै बन्नु परि रहेको यथार्थलाइ कसैले नकार्न मिल्दैन । मधेशको राजनीतिले निकास पाउन जरूरी जसले गर्दा बिकासको क्रम अगाडी बढ्न सकोस । बिषेशत तुलनात्मक रुपमा शिक्षित र सुसुचित जनताको बसोवास रहेको मधेशले यसपटक अनिवार्य रुपमा आफ्नो बिवेकशिलता लाइ प्रमाणित गर्ने अवसर प्राप्त भएको छ।
३. बैकल्पिक शक्तिहरु
निर्वाचनको पुर्व सन्ध्यामा विभिन्न बैकल्पिक शक्ति हरुको समेत उदय हुन पुगेको छ । हिजो विवेकशील फेरी साझा अनि त्यसपछि आएर त्यसको पनि संयुक्त रुप । राजनैतिक परिवेशबाट बैरागिएको अवस्थामा नयाँ ताम झाम सहित ओर्लिएका झुण्ड हरुले एक किसिमको तरङ्ग त अवश्य नै पैदा गर्छन, तर पुरानै राजनैतिक संस्कार भन्दा अवश्य पनि बाहिर गएका छैनन् यी समूह हरु पनि । आफु लाइ राम्रो भन्न अरुलाई नराम्रो देखाउने प्रबित्ति, अरु लाइ गाली मात्र गर्ने संस्कार त्यहाँ पनि हावी देखिन्छ।  केहि प्रश्न हरु उठ्छन यहाँ:
क. होला एउटा गति लिन न सकेको हुन सक्छ तर हिजो को दिनमा के नेपाल मा विकास हुदै न भएको हो र?
ख. विभिन्न कालखण्डमा परिवर्तनको बिगुल फुक्दै हिड्ने पार्टी अनि यसका नेता हरुले उनले भने भ्रष्टाचार जस्तै मात्रै गरे त?
ग. हरेक पटकको क्रान्ति हरुमा जनता सहिद हुदै गर्दा नेता जेल पर्दै गर्दा ति कहाँ थिए?
घ. राजनीति अवकाशको जीवन बिताउने स्थल हो र आफ्नो जीवनको उर्वर उमेर अन्य देश र संस्थाको निमित्त खर्च गरि कमाई गर्ने व्यक्ति हरु ले उत्तरार्धमा मात्र देशमा विकास न भएको र बेथितिले जरो गाडेको देख्यो?
ङ. यदि सांचै देश प्रति चिन्ता हो भने सुगम स्थलमा उम्मेदवारी किन? गरिबी र अविकास ले जरो गाडेको कर्णाली को कुनै जिल्ला मा किन पर्दैन उम्मेदवारी?
यी र यस्ता अनगिन्ति सवाल हरु छन् जसले बैकल्पिक रुपमा प्रक्षेपण गर्न खोजिएको शक्तिको अस्तित्व माथि अनेकौं जिज्ञासा उत्पन्न गराउछ। बिरोधका निमित्त बिरोध अनि आफु मात्र राम्रो हो भन्ने पध्दती को अन्त्य न भए सम्म कुनै पनि बैकल्पिक शक्ति हरु यस अघि देखिएका हरु भन्दा राम्रा हुनै सक्दैनन् ।
परिवर्तन असम्भव छदै छैन, हामी ले परिपाटी को विकास गर्न जरूरी छ । नेतृत्व का केहि त्रुटीहरुले गर्दा सिंगो नीति माथि नै प्रश्न चिन्ह उठाउने वा अविश्वास को वातावारण सिर्जना गरिनुले देश लाइ एकपटक फेरी बिकासको पथबाट उन्मुख नगरोस। जनताले विवेक प्रयोग गर्दै आफ्नो लागि कुशल नेतृत्व चयन गर्न सकुन, भोलि को दिन मा म जस्तै कयौं युवाहरुले बिदेशिनु न परोस, सुभेच्छा शुभकामना, जयनेपाल ।

Leave a Reply

Your email address will not be published.