गायक अमृत कार्किको लिरिकल भिडियो सार्बजनिक

युएइ मा रहेर आफ्नो कलाकारिता र कामलाइ निरन्तरता दिदै आइ रहेका गायक अमृत कार्किले भर्खरै एउटा गीतको लिरिकल भिडियो “वासाबी इन्टरटेन्मेन्ट” नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरेकाछन। सानै उमेर देखि गीत गाउन सुरु गरेका गायक अमृत कार्कि स्कुल,कलेज र विभिन्न कन्सर्टहरुमा प्रस्तुती दिदै आइ रहेका थिए। उन्को यहि नै पहिलो गीत भने होइन। यस अघि उन्को “रेशमी केश” बोलको गीत युवाहरु माझ निक्कै लोकप्रीय बनेको थियो।
पारिवारिक जिम्मेवारीले बिदेशिएका युवा गायक कार्की बिदेश आएर पनि आफ्नो गीत गाउने नशालाइ त्याग्न नसकेको बताउछन।उनी कामबाट बचेको समय आफ्नो गीतारका साथ नया नया सृजना गर्नमा ब्यस्त रहन्छन।
इटहरी सुनसरीको स्थानियबासी गायक अमृत कार्कीले “नरोक मलाइ,चुम्न देउ आज” बोलको यस गीतको भिडियो नेपाल साथै यु ए इको विभिन्न ठाउहरुमा सुटिङ्ग भइ रहेको र चाडै कान्तिपुर टेलिभिजन लगायतका अन्य टिभिहरुमा एकैसाथ रिलिज गरिने जानकारी गराएकाछन।
युवा भावना र मुक्त प्रेम दर्शाइएको यस “नरोक मलाइ, चुम्न देउ आज” बोलको पपगीतले दर्शक र श्रोताहरुको मन जोत्ने कुरामा गायक आशाबादी छन।

Leave a Reply

Your email address will not be published.