एएफसी यू-२३ च्याम्पियनसिप को पहिलो खेलमै नेपाल पराजित

माधव न्यौपाने ,युएई- एएफसी यू २३ च्याम्पियनसिप छनोट चरणको पहिलो खेल मा युएईसंग नेपाल पराजीत भएको छ। युएई को ताहनोउ बिन मोहममेद स्टडियम अलऐन मा भएको पहिलो खेलमा युएईसंग नेपाल ५-० गोल अन्तरले पराजित भएको हो।
खेल सुरू भएको पहिलो हाफ मा युएई ले ४-० को आग्रता लिएको थियो। खेल सुरू भएको ६ मिनेटबाट नै युएईको टोलीले खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा तेती गत्तिलो प्रर्शन नगरेको नेपाली टिमले दोस्रो हाफमा केही सुधार को शंकेत देखाए पनि त्यो धेरै बेर टिक्न भने सकेन। दोस्रो हाफको १६ औं मिनेट मा युएईले अर्को गोल थपि ५-० को अग्रता लियो।
२५औं मिनेटमा नेपाल ले १ गोल गरे पनि अफसाईडका कारण मान्यता पाउन सकेन । हजारौ नेपाली दर्शकको साथ र हौसला पाए पनि नेपाली टिमले अन्ततः निराश बनाईदियो।

Leave a Reply

Your email address will not be published.